साउन ३१, काठमाडौं । चलचित्र निर्देशक सुर्यप्रकाश चेम्जोङको संयोजकत्वमा याक्थुङ चलचित्र दर्ता कार्यविधी लिम्बू चलचित्र कथा सेन्सर बोर्ड गठन भएको छ ।
याक्थुङ चलचित्र निर्माणलाई बिशिष्टिकरण गर्ने उदेश्यका साथ चेम्जोङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको याक्थुङ् मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङले बताए ।
समितिको सदस्य सचिवमा साङ्सेन पन्धाकलाई जिम्मेवारी दिईएको छ भने सदस्यहरुमा रवि सेर्मा, इन्दु फोम्बो र दिनेश माङ्मु रहेका छन् ।
यसैगरी याक्थुङ् मुन्चइत चोक सयङले सोमबार ललितपुरस्थित किरात याक्थुङ् चुम्लुङको संघीय कार्यालयमा एक कार्यक्रम गरी १५ औं स्थापना दिवस कार्यक्रम समेत मनाएको संघीय अध्यक्ष केरुङले बताए ।
कार्यक्रममा लिम्बु चलचित्र निर्माण, कलाकार, निर्देशक लगायत विविध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । यसैगरी विशिष्ट योग्दान पुर्याउनु भएका महानुभावहरूलाई सम्मान समेत गरिएको अध्यक्ष केरूङले बताए ।