भदौ २, माङसेबुङ । स्पेनिस ला लिगामा बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।
आइतबार बिहान भ्यालेन्सियाको मैदानमा भएको खेलमा बार्सिलोनाले २–१ को गोल अन्तरले जित निकाल्दै जित बाट सिजनको सुरुवात गरेको छ ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । भ्यालेन्सियाका लागि भने ह्युगो डुरोले एकमात्र गोल गरे ।
खेलको ४४औं मिनेटमा डिएगो लोपेजको पासमा गोल गर्दै ह्युगो डुरोले घरेलु टोलीलाई सुरुवााती अग्रता दिलाएका थिए । तर, केहि मिनेटमानै लमिन यमलको पासमा लेवान्डोस्कीले गोल गर्दै पाहुना बार्सिलोनालाई खेलमा फर्काए ।
दोस्रो हाफमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सिजनको पहिलो जित दिलाए ।