कविहाङको संयोजकत्वमा पहिचानवादी मोर्चा पान्थर काठमाडौं सम्पर्क समिति गठन - Mangsebung News
  • मङ्गलबार, भदौ २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कविहाङको संयोजकत्वमा पहिचानवादी मोर्चा पान्थर काठमाडौं सम्पर्क समिति गठन

भदौ ३, ललितपुर । पहिचानवादी मोर्चा पान्थर काठमाडौं सम्पर्क समिति गठन भएको छ । ललितपुरस्थित मोर्चाको संघीय कार्यालयमा आयोजित कार्यक्रममा कविहाङ सेलिङको संयोजकत्वमा ३९ सदस्यीय समिति घोषणा गरिएको हो ।

मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यता र सदस्य सचिव पूर्व मन्त्री गोपाल किरातीको विशेष आतिथ्यताका नयाँ समिति गठन गरिएको मोर्चाका नेता खगेन्द्र माखिमले सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् ।

शनिबार आयोजित उक्त कार्यक्रमले अन्य सदस्यहरुमा विवेक बेघा, उदय बेघा, गगन प्रकाश लावती, चन्द्र कुमार लावती, धरणी सम्बाहाम्फे, तानाम लावती, एन्जिला थाम्सुहाङ, लक्ष्मी लावती, सचीन खजुम, मालती लावती राई, भक्त माखिम, नरेश वानेम, निसुम आङ्देम्बे, मनिचन्द्र लावती, सुक्र राज रूम्बा, फूलकुमारी, नुगो, रिदम राई, कर्बनहाङ् सेलिङ, मनकुमार नुगो, बबिन सिगु, भिम बहादुर नेम्वाङ, मन कुमार सेलिङ, अम्बिका नेम्वाङ, मदन सेलिङ, दिपेश लावती, अनासा लावती, बिराज शंकर, द्रुपदा लावती, संगीता लावती, समिप बेघा, रमेश तुम्ब्रोक, गंगा तुम्ब्रोक्, पुष्पराज तुम्ब्रोक्, सागर प्रधान, सानु मादेम्बा लावती, जयन्ती लावती र यलम्बर लावती रहेका छन् ।

कार्यक्रममा डा. मित्र परियार, सरु लिम्बु, कृष्ण चोङबाङ, झहरमान थेवे लगायत मोर्चाका नेताहरुको बाकुलो उपस्थिति रहेको थियो । पान्थरबाट काठमाडौंमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने पहिचानवादीहरुको उपस्थितिमा भेलाको आयोजना गर्दै मोर्चाको सम्पर्क समिति गठन भएको हो ।

सम्बन्धित खवर