भदौ ३, काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा डिफेन्डिङ च्याम्पियन भारतले कठिन जित हासिल गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानलाई १–० ले हराउँदै भारतले कठिन जितकासाथ विजयी सुरुवात गरेको हो ।
भारतका लागि खेलको ३७ औं मिनेटमा मोनिरूल मोल्लले गरेको गोल नै निर्णायक बन्यने । मोल्लले कर्नरबाट आएको बलमा हेडरमार्फत गोल गरेका हुन् ।
दोस्रो हाफमा भारत ९ र भुटान १० खेलाडीमा समेटिएको थियो ।