भदौ ४, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले फ्रेन्चाईज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक गरेको छ ।
सोमबार क्यानले काठमाडौंमा एक कार्यक्रमका बीच प्रतियोगिताको लोगो सार्वजनीक गरेको हो । सार्वजनीक लोगोमा बल र ब्याटको मिश्रण देखिन्छ । बलमा नेपालको चन्द्र सुर्य राखिएको छ ।
यसैगरि सोही कार्यक्रममा प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने घोषणा गरिएको छ ।
क्यानले आफ्नो आधिकारिक फ्रेन्चाईज लिगको रुपमा नेपाल प्रिमियर लिगको नयाँ संस्करण घोषणा गरेको हो ।