भदौ ९, काठमाडौं । घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।
गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई साफ यु–२० च्याम्पियनसिपको उपाधिनजिक पु¥याएका हुन् ।
टाइब्रेकरमा नेपालका राम थापा, अविनाश स्याङ्तान, सीमान्त थापा र जियारथ शेखले गोल गरे । भुटानका जेत्सुन दोर्जीलेमात्र गोल गरे । जिग्मे न्याम्गेल र युग्येन दोर्जीको प्रहार जियारथले बचाए ।
यसअघि ५६ औं मिनेटमा जेत्सुइन दोर्जीले गोल गर्दै भुटानलाई सुरुवााती अग्रता दिलाएका थिए । तर, निर्धारित समय सकिन १२ मिनेट बाँकी रहँदा नीराजन धामीले गोल गर्दै नेपाललाई खेलमा फर्काए ।
अब नेपालले डिफन्डिङ च्याम्पियन भारत र बंगलादेशबीचको विजेतासँग उपाधिका लागि सोमबार खेल्नेछ ।