बेलायतको नेपाली मेलामा किरात धर्मावलम्बीहरुले गरे झाँकी प्रदर्शन - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेलायतको नेपाली मेलामा किरात धर्मावलम्बीहरुले गरे झाँकी प्रदर्शन

  • सिक्कुम ज्ञानु फुरुम्बो चरपे

भदौ ११, युके । नेपाल एम्बासी र तुमधीको संयुक्त आयोजनामा संचालन भएको नेपाली मेलामा किरात धर्मावलम्बीहरुले आफ्नो मौलिक भेषभुषा सहित माङलाङ केलाङ प्रस्तुत गरेका छन ।

२५ अगस्ट २०२४ आइतबारका दिन बेलायतको केम्पटोन रेसकोर्समा सम्पन्न भएको बेलायतमा हुने सबै भन्दा ठुलो एक दिने नेपाली मेलामा युकेमा बसोबास गर्ने किरात धर्मावलम्बीहरुले आफ्नो मौलिक भेषभुषा सहित झाँकी प्रदर्शन गरेका हुन ।

मेलालाई लक्षित गरि किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके र भातृ संगठन किरात साम्यो साक्थिम्गेन्न पान्जुभो युकेको संयुक्त उपस्थितिमा भव्यरुपमा मौलिक किराती भेषभुषा सहित माङलाङ, केलाङ झाँकी प्रदर्शन गरिएको हो ।

युके भरि बसोबास गर्दै आएका किरात धर्मवलम्बी तथा शुभभेच्छुकहरुको बाक्लो उपस्थितिमा परम्पारिक पोषक तागा, मेख्लि, साम्याङफुङ, नेसेफुङमा, सजिएर, च्याब्रुङ, झेम्टा, धार्मिक झण्डा, ब्यानर सहित सानदार रुपमा किरात धर्मावलम्बीहरुको झाँकी प्रस्तुत भएको थियो ।

कार्यक्रमलाई सफल पार्न किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके, किरात साम्यो साक्थिम्गेन्न पान्जुभो युके, किरात साम्यो नालिफुङवा पान्जुभो युके र किरात साम्यो माङसेवासाबा किरात माङहिम समिति युकेको संयुक्त पहल र संयोजन साथै समस्त सदस्य एवम् किरात धर्मावलम्बीहरुको सहभागीतामा उक्त कार्यक्रम गरिएको हो ।

बिगत लामो समय देखि युकेमा आयोजना हुने विभिन्न कार्यक्रमहरु सिसेक्पा तङनाम, चासोक तङनाम,महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्ती, बार्षिक चोमेन सेवा जस्ता महत्पुर्ण कार्यक्रमहरुमा युके बासि किरात धर्मावलम्बीहरुले पनि मौलिकता झल्किने झाँकी सहित सहभागी जनाउदै आएको छ ।

प्रत्येक बर्ष नेपाल एम्बासी र तुमुधीले संयुक्त रुपमा आयोजना गरेको उक्त नेपाली मेलामा दस हजार भन्दा माथी नेपाली मेला प्रेमिहरुको उपस्थित हुने गरेको छ । नेपाली मेलामा बिबिध जात जाती, संघ संस्था र धार्मिक समुदायहरुले आ–आफ्नै मौलिकताको परिचय सहित उपस्थित भएर झाँकी प्रदर्शन गर्दै आएका छन ।

 

सम्बन्धित खवर