असोज १, माङसेबुङ । नेपाल एकदिवसीय फर्म्याटमा क्यानडासँग पहिलोपटक पराजित भएको छ ।
मंगलबार विहान क्यानडाको ओन्टेरियोमा सम्पन्न खेलमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपाल क्यानडासँग १०३ रनले पराजित भएको हो ।
गत फ्रेबुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भ्रमणकारी टोली क्यानडालाई सात रन, चार र ९ विकेटले पराजित गर्दै नेपालले तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको थियो ।
क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुदैं मात्र १ सय ५० रन बनाउन सक्यो ।
नेपालका लागि तल्लो क्रमका ब्याटर करण केसीले सर्वाधिक २७ रन बनाए । यसैगरी सन्दीप लामिछानले २२ रन, आसिफ शेखले २० रन, भीम सार्कीले १८ रन, गुलसनकुमार झाले १५ रन र कुशल मल्लले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
क्यानडाका डिलोन हेलिगरले सर्वाधिक पाँच विकेट लिदां अखिल कुमार र अंश पटेलले समान दुई विकेट र साद बिन जाफरले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो ।
क्यानडाका लागि कप्तान निकोलस किर्तनले नटआउट ७३ रनको अर्धशतकीय ईनिङ खेल्दा नबनित धालीवालले रन, डेलिन हेलिगरले ३० रन, हर्ष ठाकरले २७ रन, प्रगत सिंहले १७ रन र सादविन जाफरले १७ रन जोडे ।
नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ तथा सन्दीप लामिछाने, गुलसन झा, रोहित पौडेलले समान १ विकेट लिए ।