असोज ३, माङसेबुङ । आइसिसी विश्वकप लिग–२ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बिहीबार बिहान सम्पन्न दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको हो । यसअघि नेपाल घरेलु टोलीसँग क्यानाडा १०३ रनले हार बेहोरेको भएको थियो ।
नेपालले ओमानलाई २२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, उक्त लक्ष्य पछ्याएको ओमानले एक बल बाँकी छदै नौ विकेट गुमाएर २२३ रन बनाएर पुरा गर्यो ।
ओमानको जितमा ओपमर जतिन्द्र सिंहले सर्वाधिक ४१ रन बनाउँदा काश्यप प्रजापतीले ३६ रन, कप्तान अकिव इलियासले २९ रन, प्रतीक अथाभालेले ३६ रन, शोइब खानले २६ रन र शकिल अहमेदले १७ रन बनाउँदै अविजित रहे ।
नेपालका गुलसनकुमार झाले सर्वाधिक पाँच विकेट लिए । यस्तै करण केसीले दुई विकेट तथा सन्दीप लामिछाने र आरिफ शेखको नाममा समान एक विकेट रह्यो ।
यसअघि नेपालले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२० रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६० रन बनाउँदा गुलसनले ५३ रन, आरिफ शेखले ३५ रन, सोमपाल कामीले २० रन र सन्दीप लामिछाने ११ रनमा नट आउट रहे ।
यसैगरी ओपनर अर्जुन साउदले ५ रन बनाउँदा शेखले ११ रन र भीम सार्कीले ११ रन बनाए ।
ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए ।