झापामा झापा मिडिया कप २०८१ हुने - Mangsebung News
  • बुधबार, असार १०, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा झापा मिडिया कप २०८१ हुने

असोज ५, बुद्धशान्ति । झापामा झापा मिडिया कप २०८१ हुने भएको छ । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा यही असोज १७ र १८ गते मिडिया कप प्रतियोगिता आयोजना हुने भएको हो ।

श्री त्रिभुवन मावि होक्सेको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा झापाका ७ वटा प्रेस क्लबका टिम सहभागी रहने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

मिडिया कपको प्रथम पुरस्कार ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु २५ हजार त्यस्तै उपविजेता टिमले पनि ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु १५ हजार प्राप्त गर्नेछ ।

झापामा लामो समय देखि सञ्चारकर्मी बिच खेल नभएको अवस्थामा प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड वडादशैँको पावन अवसर पारेर सम्पूर्ण झापाली सञ्चारकर्मीलाई एउटै मैदानमा उपस्थित गराई जिल्ला स्तरीय फुटबल प्रतियोगिता मिडिया कप (प्रेस क्लब स्तरीय) २०८१ गर्ने भएको हो ।

उक्त प्रतियोगिता सम्पन्न गराउन करिब २ लाख ५० हजार रकम खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर