असोज ५, माङसेबुङ । साफ यु १७ च्याम्पियनसिपमा साबिक उपविजेता नेपाल पहिलो खेलमै हार बेहोरेकोे छ ।
शनिबार भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो ।
पाकिस्तानको जितमा मोहम्मद तलाहले निर्णायक गोल गरे ।
समूह बी मा रहेको नेपालले दोस्रो खेल सोमबार श्रीलंकासँग र बुधबार घरेलु टोली भुटानसँग खेल्ने छ ।