झापामा पहिचानवादी मोर्चा गठन, संयोजकमा अग्नीमाया मेचे - Mangsebung News
  • सोमबार, असोज २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा पहिचानवादी मोर्चा गठन, संयोजकमा अग्नीमाया मेचे

दमक । अग्नीमाया मेचेको संयोजकत्वमा पहिचानवादी मोर्चा झापा जिल्ला समिति गठन भएको छ ।

सोमबार झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङ विर्तामोड नगरको सभाहलमा आयोजित कार्यक्रममा मेचेको संयोजकत्वमा ४१ सदस्यीय समिति गठन भएको हो ।

समितिको सह–संयोजकहरुमा कालीबहादुर खेवाङ, निरकुमार राई र गंगा दुलाल चयन भएका छन् भने सदस्य सचिवमा प्रवेश थापा मगर रहेका छन् ।

यस्तै सदस्यहरुमा पुष्पा बोखिम, चन्द्र मगर, जित बहादुर राई, सरिता किसान, चन्द्र साँवा, वर्त राजवंशी, गौरव लिम्बु, प्रेम साँवा, वविन आङदेम्बे, शान्ता लिम्बु, देउमान साम्रा, कविन्द्र सेर्मा, जीवन माखिम, मह मोहमद, सन्तोष कुमार नियोङ, लोकबहादुर माझी, रामप्रसाद राई, सन्तोष सावा लिम्बु, थिर बहादुर खवास, मनिस लिम्बु, पूर्णिमा सेर्मा, लक्ष्मण राई, विरकुमार लिम्बु, दिलेन्द माङथेवे लिम्बु, शुक्र राज थेवे, शान्त योङहाङ, अमृता इधिङगो, इन्द्रमाया लिम्बु, उमा योक्पाङदेन, बासुदेव सिंजाली, सुनिता तामाङ, मनिसा धिमाल, टेकबहादुर योङहाङ, रन्जीतमान राई र शरण लोवा रहेका छन् ।

सल्लाहकार समितिमा अविरमान मुखिया, पदम प्रसाद चेम्जोङ, हेमराज तुम्बापो, भरत श्रेष्ठ र रंगवीर राई रहेका छन् ।

पहिचानवादी महिला मोर्चा झापा गठन, संयोजकमा गंगा चाम्लिङ राई

यसैगरी कार्यक्रममा पहिचानवादी महिला मोर्चा जिल्ला समिति झापा पनि गठन भएको छ ।

समितिको संयोजकमा गंगा चाम्लिङ राई, सदस्य सचिवमा सरिता किसान रहेका छन् भने सदस्यहरुमा प्रमिला इङनाम, नरमाया राई, भिमा घिसिङ, सतना तामाङ, भिमा बेघा, बालकुमारी बेघा, गंगा कन्दङ्वा, आशा योङहाङ, विमला सोरेन लगायत ११ सदस्यीय रहेको छ ।

कार्यक्रममा संघीय समितिका सदस्यहरु डा. मित्र परियार, खगेन्द्र माखिम, खड्ग श्रेष्ठ, बाङगाई धिमाल, विराज आङदेम्बे, कुमार साम्यु, जेन्टल लावती, टुपेन्द्र एक्तेन, किशोर चम्द्र इङनाम, गंगा राई सेर्मा, शमीला आङदेम्बे, पुष्पा बोखिम, केदार धिमाल त्यसैगरी पहिचानवादी नेताहरु अशोक चेम्जोङ र दिलकुमार लावतीले समितिलाई धन्यवाद ज्ञापन गर्दै मन्तव्य राखेका थिए ।

 

सम्बन्धित खवर