झापा मिडिया कपको उपाधि पत्रकार मञ्च दमकले चुम्यो - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा मिडिया कपको उपाधि पत्रकार मञ्च दमकले चुम्यो

असोज १८, झापा । पत्रकार मञ्च दमकले झापा मिडिया कपको उपाधि चुमेकोे छ ।

शुक्रबार भएको मिडिया कपको फाइनलमा भद्रपुर प्रेस क्लबलाई ३–१ गोलले पराजित गर्दै पत्रकार मञ्च दमकले उपाधि चुमेको हो ।

उपाधि जितेसँगै दमकले नगद २५ हजारको साथमा मेडल र प्रमाणपत्र पाएको प्राप्त गरेको छ । यता उपविजेतामा चित्त बुझाएको भद्रपुरले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दमकको जितका लागि शिशिर उप्रेतीले दुई गोल तथा राम भेटवालले एक गोल गरे । भद्रपुरका लागि रोजन पाठकले एक गोल फर्काए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका सुशन राई, उत्कृष्ट मिडफिल्डर दमकका शिशिर उप्रेती, उत्कृष्ट गोलरक्षक दमकका चिरञ्जीवी घिमिरे, उत्कृष्ट डिफेन्डर भद्रपुरका रोजन पाठक, उत्कृष्ट प्रशिक्षक दमकका बादल माझी भए । उनीहरूलाई स्थानीय उत्पादन मुढा र रोङ गाउँपालिकको उत्पादन गुन्द्रुक र चिया प्रदान गरिएको थियो ।

प्रतियोगिता बुद्धशान्ति प्रेस क्लबले आयोजना गरेको हो ।

सम्बन्धित खवर