असोज १९ काठमाडौं । पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यसभिएसले चुमेको छ ।
शनिबार साँझ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेकोे हो । कर्णाली जारी प्रतियोगितामा अपराजित रह्यो ।
कर्णालीले पहिलो सेट २५–१७ ले जित्दा दोस्रो सेट २५–२० ले जित्यो । तर, ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्यो । अन्तिममा पाचौं सेट कर्णालीले १५–१३ ले जित्दै उपाधि चुम्न सफल रहयो ।