असोज २२, काठमाडौं । कार्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनको सम्पूर्ण तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिताको अनुमानित बजेट ४ करोड ६० लाख आठसय रुपैयाँ रहेको छ ।