गायक कञ्चन थलङको ‘शितल शितल हावा चल्दा’ गीत सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक कञ्चन थलङको ‘शितल शितल हावा चल्दा’ गीत सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

असोज २५, माङसेबुङ । गायक तथा संगीतकार कञ्चन थलङको संगीत तथा आवाजमा सजिएको गित ‘शितल शितल हावा चल्दा’ सार्वजनिक गरिएको छ ।

कवि तथा गीतकार डम्बर याक्सो लिम्बुको शव्द रचनामा सजिएको गित ‘शितल शितल हावा चल्दा’ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

निकेश खड्काको निर्देशनमा दिनेश पराजुलीको छायंकन, रमेश पराजुलीको सहायक छायांकन, पुनम चौधरीको श्रृंगार र विकास धमलाको सम्पादन तथा कलर रहेको भिडियोमा कञ्चन थलङ र अञ्जना तामाङले अभिनय गरेका छन् ।

सन्जिब सुब्बाको संगीत संयोजनमा संकारा स्टुडिओमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ कुमार सानु पुनको रहेको छ ।

प्रेमिल र रोमान्टिक गितको भिडियो गायक कञ्चन थलङकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेनुहोस्…

सम्बन्धित खवर