साफ महिला च्याम्पियनसिपमा भारतको विजयी सुरुआत - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ महिला च्याम्पियनसिपमा भारतको विजयी सुरुआत

कातिक १, काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

भारतले बिहीबार त्रिपुरेश्ववरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो ।

भारतको जितमा ग्रेइस डान्गमेइले दूई तथा मनिशा, बालादेवी र ज्योतीले समान एक गोल गरिन । पाकिास्तानका लागि भने सुहा हिरानी र कायल सिद्दिकीले समान एक गोल गरिन् ।

जितसँगै समूह ‘ए’ मा रहेको भारतले तीन अंक जोडेको छ । योसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश रहेको छ ।

सम्बन्धित खवर