साफ महिला च्याम्पियनसिपमा नेपाल भुटानसँग बराबरीमा रोकियो - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ महिला च्याम्पियनसिपमा नेपाल भुटानसँग बराबरीमा रोकियो

कातिक २, काठमाडौं । साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपाल भुटानसीमा रोकिएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दर्जनौ अवसर बनाएपनि गोलमा परिणत गर्न नसक्दा नेपाल इतिहासमै पहिलोपल्ट भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

योसँगै भुटानले नेपालबिरुद्ध इतिहास रचेको छ । नेपालसँग इतिहास रच्न भुटानका गोलकिपर संगीता मोंगेर नायक बनिन् ।

नेपालले अहिलेसम्म भुटानबिरुद २३ गोल गरेको छ । तर, नेपालले अलिेसम्म एक गोल पनि बेहोरेको छैन । यो रेकर्ड भने नेपाल कायम राख्न सफल भएको छ ।

सम्बन्धित खवर