साफ महिला च्याम्पियनसिपमा माल्दिभ्समाथि नेपालको ११ गोलको सानदार जित - Mangsebung News
  • बिहिबार, जेठ ०९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्समाथि नेपालको ११ गोलको सानदार जित

कातिक ५, काठमाडौं । घरेलु टोली नेपालले साफ महिला च्याम्पियन २०२४ मा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सविरूद्ध ११–० को सानदार जित हासिल गरेको हो । साफमा मालदिभ्समाथि नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो ।

नेपालको जितमा रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । यस्तै, प्रीति राईले ह्याट्रिक गोल गर्दा र सविता रानामगर, अमिसा कार्की र अनितता केसीले समान एक गोल गरिन् ।

जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । नेपालको चार अंक छ । भुटानको पनि समान चार अंक छ । भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूहचरणको अन्तिक खेल खेल्ने छ ।

सम्बन्धित खवर