अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिजमा नेपालको क्लिन स्वीप - Mangsebung News
  • शनिबार, कार्तिक २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिजमा नेपालको क्लिन स्वीप

कातिक ५, माङसेबुङ । घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज नेपालले क्लिन स्वीप गरेको छ ।

नेपालले सोमबार बिहान भएको खेलमा अमेरिकामाथि आठ विकेटको जित हासिल गर्दै तीन टी–२० आई सिरिज क्लिन स्वीप गरेको हो ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालको तेस्रो जितमा ओपनर आसिफ शेखले ५० रन बनाउँदा कुशल मल्लले ४४ रन, कुशल भुर्तेलले ४० रन र अलिनकुमार साह १३ रन बनाए ।

अमेरिका लागि जायस ड्रेल्स र जसदिप सिंहले समान १ विकेट लिए ।

यसअघि अमेरिकाको ग्राण्ड प्रेरीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको थियो ।

अमेरिकाका लागि साइतेजा मुककामल्लाले ६८ रन बनाउँदा मिलान्ड कुमारले ४३ रन, आरोन जोन्सले १३ रन र कप्तान मोनांक पटेल २ रन बनाए ।

नेपालका लागि सोमपालले ३ तथा रिजन ढकाल र ललितले समान १ विकेट लिए ।

नेपालले यसअघि पहिलो खेल १७ रनले जितेको थियो । शनिबार भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगाबै सिरिज जितिसकेको थियो ।

सम्बन्धित खवर