- विक्रम फागो वनेम
केपी ओली चौथोपटक प्रधानमन्त्री सम्हाल्दैगर्दा, देशमा मनसुन महिना अघि नै छिरी सकेथ्यो । प्रचण्ड नेतृत्व सरकार बाहिरिन्दैगर्दा, त्रिशुली नदीमा दुईवटा बसले हाम्फाली सकेका(२८–असार)थिए । मतलव भारी बर्षा र पहिरोको कारण वसहरु नदीमा खस्न पुगेथे । यी दुई बसहरुमा ६३ जना यात्रुहरु सवार थिए । प्रचण्ड सरकारले त देशबासी र मृतकजनको परिवारजनमा केवल समवेदना र भावपुर्ण श्रद्धाञ्जली ब्याक्त गर्ने रुचि र मन नि गरेनन् सायद । आफ्नै सत्ता पहिरोले बगाउँदै गर्दा, जाबो नदीमा हाम्फाल्नेहरुको के बाल र अर्थ हुन्थ्यो र ? उनेरुँलाई यता संसद सभाको रोष्ट्रममा सत्ता गुमाउँनुपर्दाको झोंक र पिडामा कांग्रेस एमालेको गठबन्धन सरकारको नेतृत्वलाई सत्तोसराप गर्न, तँतँ र मँमँको ब्याटल राउण्डमा मस्त देखिन्दो थे । उता दुईटा बससंगै ६३ जना यात्रुहरु भने त्रिशुलीमा लापत्ता/बेपत्ता नै भईराथ्यो । शून्य सरकारको तर्फबाट उही मेन्जो औपचारिकता ग्रहण गरीरा थ्यो । भनौं, उद्वार सेवाको हकमा सेना, प्रहरी र स्थानीय बासीहरुको सहयोगमा खोजी–सोधी गर्ने कार्यहरु जसै निरन्तर जारी राखेथ्यो । संचारकर्मीहरुले बाढीपिडितजनहरुको सोध–खोज र सहानुभूतिबस् यसो समवेदनाहरु घोप्ट्याउँने–बाँड्ने गर्दैथे । यता देशको सरकार नै हराई रहेको हुलियाहरु पनि कानको जाली फुट्नेगरी गरीराथे, भने प्रत्यक्ष देखिने भिडियो क्लिप्सका परिदृश्यहरुपनि सामाजिक सञ्जालहरुमा हेर्नै नसक्ने गरीको बाढी नै आईरहेथ्यो । त्यस्ता अकथनीय दृश्यहरु देख्नपुग्दा आँखाहरु रसाएर उस्तै साउने भेल जस्तै उर्लन्थो, कठै..! दुर्भाग्य, सरकारको न कान, न त आँखाहरु नै थ्यो के ? सत्ताभोगले शासक बनेकाहरु पुरै कान बैरो, अन्धों र समवेदनाहीन् रोवोर्ट/डमीहरु जस्तै बन्दै गएको देखिन्थे । यी सरकारको नेतृत्व गर्ने शासके नेताहरुमा भने देशमा भईरहेको प्राकृतिक विपत्ती र नागरिक जन–धनको क्षतिहरुप्रति एकरत्ति चासो, चिन्तन र मतलव देखिन्नथ्यो । मतलव थ्यो त खाली सत्ताभोग र विलासपुर्ण मृगतृष्णा छट्पटीको देखिन्थ्यो । एउटालाई सत्ता बहिर्गमनको छट्पटी थ्यो भने, अर्कोलाई सत्ताभोग्नको हुटहुटी थ्यो । जस्तो की, बेहुलाले पहिलो सुहागरात भोगगर्न आतुर भएजस्तै । ओली त्यही बेहुला न थिए, जो चौथोपटक सत्ताभोगको सुहागरात मनाउँन उस्तै आतुर देखिन्थे।प्रचण्ड बेला–कुबेला खाली सत्ताभोग्नमा स्खलित मात्र बनी रहने खल/नायकका रूपमा, यी दुबै क्यारेक्टर धारहरु बोकेका पात्र हुन् । यिनमा स्वप्नदोष छ, र त्यहीँ स्वप्नदोषको रोगी छदाछदैं पनि, सत्ताभोग्न भने मरिहत्ते रहर पाल्छन् । फेरि त्यहीँ सत्ता भोग्न ओली पनि मरिहत्ते गर्छन् । ऊनी सत्ताभोगका मात्र नपुंसक पात्र होईनन् । यथार्थमै पनि ऊनी नपुंसक भाले नै हुन् । त्यैपनि मेन्जो/यसो भियाग्रा ट्याब्लेटहरु निलेर सत्ताभोगको सुहागरात लम्ब्याउँन चाहन्छन् । श्वासमात्र अडेको अस्थिपन्जर ज्यान किन नहोस्, जो तुलसीको मोठ्मा पुगोस् की, आर्यघाट्को चितामा ढलोस् न । बस् ढुकढुकीको गति कायम रहेसम्म सत्ताभोग्न पाउँनु पर्यो भन्ने, पाटीमा यिनको रुल अफ फर्मान शासकीय ह्वीप/आदेश जारी नै हो । यता बाढी पैर्हो पिडितजनहरु त मरोस् की, राखोस् न,के बाल भो र यार ?
रवी र रास्वपा. उदय हुनुले, नेपाली राजनीतिको मुल–मियोमा सदा–सर्वदा ठुल्दाई ट्यागको ताज ओडी रहेको यी दुई पाटीहरुको (कांग्रेस/एमाले) हकमा, रवीको आगमनचेन् हाउगुजी बन्न पुग्यो । शासकीय सत्तामा सधैं एकछत्र अधिपत्य रजगज गरीराबेला रवीको उपस्थिति एन्टीक्रसको रूपमा आफुहरुलाई काउण्टर गर्नसक्ने बाधक बन्ने खतरा देख्न पुगे र उसलाई के गर्दा पछार्न सकिएला ? भन्नेमा थ्यो । उपयुक्त ठाउँ यहीँ शहकारी ठगकाण्ड थ्यो । यसैको निहुँमाथी हथौडा मार्न सके, रवीको उदाउँदो राजनीति धार भुत्ते हुँदै जानसक्ने कांग्रेसको बुझाई रहयो, र आखिर त्यहीँ ठगी मुद्वालाई नै राजनीति मुल–अस्त्र र सुत्र मानेर मसलाको रूपमा प्रयोग गर्दै आई नै रहेछन् ।
अत एवः ओलीले प्रधानमन्त्रीको पदभार(२९–असार)ग्रहण गरे लगत्तै, देश पुरै विराम हुन गयो/लाग्यो । कतै बाढीपैर्हो जाने त, कतै जनधनको क्षति नै क्षति हुने । कतै गुड्नेहरु एक्सीडेन्ट् हुने त, कतै उड्नेहरु क्राईस् हुने । कतै आन्दोलनहरुको बाढी आउने त, कतै माहामारी रोगहरुले उस्तै थला नै बसाउँने भने, कतैचेन् ग्रामीण भेगतीर परिवारजनमा मारकाटहरुको लिला प्रदर्शनहरु हुने आदि, ईत्यादीको परिदृश्य परिघट्नाहरुले ओलीको चौथो सुहागरातलाई, निषेधाज्ञा गरेझैं भंग गरीदिए । जसको स्वर्गीय आनन्दायीभुतिको सुखभोग रस्वादान गर्न भने एकरत्ति सकेनन्पा/एनन् । मौसमी मनसुनको झरीर्षाले उनको मथिंगल चेत् नै हल्लाई दिएथ्यो । देश संकटकालिन् हाहाकार अवस्थामा गुज्रन्दो थ्यो । यथार्थ बास्तवमै भन्नुपर्दा देश राष्ट्रिय वित्पत्तिको सामना गरि रहेथ्यो । तर ओली सरकार चौबाटोमा उभेर मुक–दशक वनि रहेथ्यो । समस्याहरु जताततै छरपष्ट पोखिएथ्यो/देखिन्थ्यो । कता ? कहाँबाट शुरु गर्ने/टिप्ने ? भन्नेमै ऊनी अलमलमा परेथे । उनलाई भुईँको टिप्न खोज्दा, आफ्नो पोल्टाको पोखिने आशंका पनि उत्तिकैथ्यो । ऊनी कांग्रेसको बुईँमाथी चढेथे । कांग्रेसले पनि जसैतसै ओलीलाई आफ्नो थाप्लोमा बोक्नुको बाध्यता छदैं नै थ्यो । फिरःयिनलाई पनि कांग्रेसको ग्रीन सिग्नलमा कार्याभार दायित्व निभाउँनुको विकल्प नि थिएन नै । कांग्रेसलाई देशको बाढीपैर्हो न, जनधनको क्षतिको के सरोकार थ्यो र ? उसलाई त रवी लामिछानेको शहकारी ठगकाण्डको प्रोपोगण्डालाई उत्पात मच्चाउँनु थ्यो । किनकी कांग्रेसीलाई देशको राष्ट्रिय वित्पतीको घट्नाहरु भन्दा, रवी काण्डको केस् ज्यादात्तर सप्पोईभन्दा ठूलो समस्या लागेथ्यो । येनारुँको ध्यानाकर्षण नै जसै रवी काण्ड भन्दा पर कतै जान सकेको थिएन, र देखेनन् । मात्र जसै रवीलाई कठघरामा उभ्याउँने, अनि दोषी देखाउँने/बनाउँने र जेल कोच्ने भन्नेमै उनेरुँको कसरत ईत्छावल थ्यो । त्यसोगर्दा रवीको लोकप्रियताको वर्चश्व गुम्दै जान्छ र उसको रास्वपा.(राष्ट्रिय स्वतन्त्र पाटी)को साख पनि गिर्दै जान्छ भन्नेमा, कांग्रेसले आफ्नो मोटोबुद्वीको ईन्धन खर्च्याउँन चाहयो, र अहिलेपनि मरुञ्जेलको वलचेन् गरी राछ ।
त्यसको मतलव, कांग्रेसको हकमा बर्ग शत्रु भने नि, प्रधान–शत्रु भनेपनि अन्ततःवहीँ रवी नै हो भन्ने नेपाली राजनीतिमा नयाँ भाष्य निर्माण गर्न पुग्यो । भन्नुपर्दा, रवी र रास्वपा. उदय हुनुले, नेपाली राजनीतिको मुल–मियोमा सदा–सर्वदा ठुल्दाई ट्यागको ताज ओडी रहेको यी दुई पाटीहरुको (कांग्रेस/एमाले) हकमा, रवीको आगमनचेन् हाउगुजी बन्न पुग्यो । शासकीय सत्तामा सधैं एकछत्र अधिपत्य रजगज गरीराबेला रवीको उपस्थिति एन्टीक्रसको रूपमा आफुहरुलाई काउण्टर गर्नसक्ने बाधक बन्ने खतरा देख्न पुगे र उसलाई के गर्दा पछार्न सकिएला ? भन्नेमा थ्यो । उपयुक्त ठाउँ यहीँ शहकारी ठगकाण्ड थ्यो । यसैको निहुँमाथी हथौडा मार्न सके, रवीको उदाउँदो राजनीति धार भुत्ते हुँदै जानसक्ने कांग्रेसको बुझाई रहयो, र आखिर त्यहीँ ठगी मुद्वालाई नै राजनीति मुल–अस्त्र र सुत्र मानेर मसलाको रूपमा प्रयोग गर्दै आई नै रहेछन् । एमालेको हकमा पनि त्यहीँ चिन्ताको पिरोलो त छदैं नै छ । बनमाराले बन खाए जस्तै,एकदिन रवीले सत्ताराज गर्छन् र बहिर्गमन जसै गर्छन् भन्नेमा यी कथित कम्युनिष्ट भनौंदाहरुको मन मष्तिष्कमा रवी नामको आँतक र त्रासतको खीलहरु गाढिएको छ । अतः रवीले यी दुबै ठुल्दाईहरुको साम्राज्यमा असोंचनीय रुपले उनेरुँको मनोविज्ञानमा एक प्रकारको कहिल्यै ननिभ्ने गरीको डढेलो सल्काई दिएका छन् । हुन त अहिले एमालेलाई रवीको प्रादुर्भावले नि प्रेसर त बढाएकै छ । त्यो भन्दा शक्तिशाली त उसको हकमाचेन्, अहिले काठमाडौ मेयर वालेन शाहको उपस्थिति ज्यादै महंगो किम्ति पर्न गएको देखिन्दो छ । पछिल्लो समय वालेन र ओलीको सामाजिक सञ्जालहरुमा भएको दोहोरो ब्याट्ल राउण्डले ओलीराजको जगको पिल्लहरु नै हल्लाउँदै लगेका छन् । एमालेका बादसाह बन्न पुगेका ओलीराजलाई, वालेन एक्लैको स्टाटस् ईनकाउण्टरले सतहमै ल्याई दिएका छन् । ओली अहिले घाईते बाघको रूपमा वालेन फोविया जस्तै देखिन्दै गएका छन् । यथार्थ कहनुपर्दा,ओलीराज यी दुई(रवी/वालेन) शक्तिशाली केटोहरुको उदयकालले उनको सत्ता राजमार्गको बाटोहरु उसै नि ट्राफिक जामको रूपमा अवरोध हुने र सदाको लागी बन्द हुने खतरा बढ्दै गएको देख्न पुगेका छन् । त्यहीँ मानेमा यो राजनीति सिङटोमको रोगलाग्न दिनु अघि नै सघन उपचार पद्वतीको खोजीमा उपचाररत डाक्टर र औषधिहरुको खोजीमा ओली आफै दिनरात प्रयासरत टहलिंदा छन् । यथार्थता सत्य ओकल्ने हो भने यी ठुल्दाईहरुको निंद हराम भएको छ । मानौं अहिले हकमा येनारुँलाई देशको समस्या अरु केही, कोही नभएर यी दुई केटोहरु मात्र हुन् भन्ने लागेको छ । देश, काल र परिस्थितिहरुको टर्निङ पोईन्ट्को मियोचेन् अहिले यहीँ सेरोफेरो भित्र चक्रवात मडारिन्दो छ । देश डुब्न लागेको यी शासके ठुल्दाईहरुले एकरत्ति नि देखेका छैनन् । केवल उनेरुँले आफ्नो सत्ता र पाटी मात्र डुब्न र गुम्न लागेको देख्न पुगेका छन् र चिन्ता र चासो पनि वढी त्यसैमा घोप्ट्याएका छन्, बरै..!
गत महिना(असोज–३)दिन ऊनी राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका लागेथे । देश भने प्रकृति प्रकोपहरुको वित्दण्डताले पुरै थला पर्दैथ्यो । बाढी पैर्होले जनधनको क्षतिहरु अचाक्ली नै मच्याई रहेथ्यो । ऊनी भने उताको कार्यक्रम सकेर पनि एउटा रमिते पर्यटक जस्तो भ्रमणमा र लञ्च डिनरहरुमा अभ्यस्त देखिन्थे/बनेथे । देश डुब्दैगर्दा ऊनमा कति नि देशप्रतिको समवेदना घोप्टिएको र विचलित भएको एकरत्ति देखिन्नथ्यो । ऊनी १० दिनको यात्रा निर्धक्क र निस्फिक्री टुङग्याएर देश फर्केका हुन् । एयरपोर्टमा ओर्लन्दा ठुलै बाजीहरु जीते जसरी गर्वका साथ हास्दै–हास्दै अभिवादन टक्राएथे ।
उखान टुक्के थुतुनो र सत्ताको आयु
नेपाली राजनीतिमा यी ओली विशेषः झर्रो भाषाहरु बोलेका कारण चर्चामा आएका नेता हुन । कम्युनिष्टे नेताहरुमा ऊनी जत्तिको झर्रो भाषाको प्रयोग गरेर उत्पट्याङ थुतुनो जोत्ने नेता अरु कोही छैनन्दे/खिएनन् । पाटीको नेतृत्व र देशको प्रधानमन्त्री नहुदांतक् ऊनी कमैमात्रमा देखिने र सुनिनेमा थिए । यस्तो उपद्रो थुतुनोहरु उति जोत्दैन थिए । माकुने.(माधवकुमार नेपाल)पाटी नेतृत्वमा महासचिव रहंदाताक यिनि मरनच्याँसे कदका निम्छरा देखिन्थे । अपितुः जब ऊनी पाटी नेतृत्व र देशको कार्याकारी प्रमुख प्रम. बन्न पुगेथे, त्यसपछीचेन् ओलीको बोलीमा उखान–टुक्काको किस्साहरु यहीँ बाढीपैर्हो गएजस्तै आउँन थालेथ्यो । अर्थनुभावमा यसको मतलव वीना लगाम उत्पट्याङ बोल्ने शैलीहरुको कारण, देशको प्रधानमन्त्री भन्नू र ऊनीप्रति हार्दिक सम्मानभाव दर्शाउनु पनि लज्जाबोधको विषय बन्दै गयो । ऊनी देशको प्रधानमन्त्री होईन, कुनै कमेडियन क्लवको जोकर/अभिनेता भए झैं क्यारेक्टर पात्रको रूपमा दरिए । देशको एउटा प्रधानमन्त्रीको सम्बोधन कति मुल्यवान र पथ–प्रदशक हुनु पर्थ्यो के । अफसोंच कुनै प्रदर्शनी मेला बजारमा नौटंकी जात्रा हेरे जस्तै देशको प्रधानमन्त्रीको सम्बोधन/मन्तब्यहरु देख्न, सुन्न पाउँदा, एउटा शुभेच्छुक नागरिकजनले कस्तो अनुभुती गर्ने होला ? गाठें..! बोलीमा लगाम भएन भने ? उहीँ लगाम बीनाको घोडा जस्तै नै देखिने हो । लगाम हुनु भनेको आफ्नो जीवन दर्शनको हकमा, आफैमा एउटा सुन्दर चारित्रिक अनुशान निर्माण गर्नु र उभ्याउँनु अनि देखिनु पनि हो । दुर्भाग्य एउटा प्रधानमन्त्रीको बोलीमा तुच्छता शब्दहरुको भर्सनहरु वोलिन्छन् भने त्यो, चरित्रहीनताको अन्तिम पराकाष्ठा हो । यस अघि पहिलो/दोश्रो पटक प्रधानमन्त्री हुदां, उनको सम्बोधनहरु हेर्न र श्रवण गर्न सप्पोई आतुर देखिन्थे । यसको अर्थ उनले गहन र मार्गदर्शनपुर्ण गुणहरु आत्माबोध गराउँने÷देखाउँने बहुमुल्य विषय बोल्लान् ÷बोल्छन् भनेर उक्त भिड्भाडहरु जम्मा हुन्नथ्यो के । मात्र आज उनले उखान्–टुक्कामा के विषय जोडेर बोल्लान् र ? हसाउँलान् भनेर ईन्तजार गर्ने र, अनि गज्जवले ईन्टरटेट्मेन्ट ईन्जोय गर्न र हाँसो मजाकहरुको आनन्द लुट्नलाई चेन् सप्पोई भेला हुने गरेको हो र, गर्थे । अहिले त्यो उखान टुक्का हेर्ने सुन्नेहरुको जमात पनि पातलिंदै गएको छ । जुन उखान टुक्काहरुले देश नबन्ने पक्कापक्की भएसी, उनेरुँलाई अहिलेचेन् ओली र उनको उखान–टुक्काहरु एकाध बाहेक ज्यादै ईरिटेड् लाग्छन् । जुन घृणा मान्छन् । उनले जुन नतिजाको भ्येउ र परिणामको नजर–अन्दाज गरेछन । अहिलेचेन् ऊनी अलिक कम उखान टुक्काहरु जोड्छन् र बोल्छन् । तथापी लागेको बानी के छोड्थे र ? बेला–बेलामा त उस्तै टुक्काहरु जोड्दै थुतुनो जोत्न थाली हाल्छन् ।
गत महिना(असोज–३)दिन ऊनी राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका लागेथे । देश भने प्रकृति प्रकोपहरुको वित्दण्डताले पुरै थला पर्दैथ्यो । बाढी पैर्होले जनधनको क्षतिहरु अचाक्ली नै मच्याई रहेथ्यो । ऊनी भने उताको कार्यक्रम सकेर पनि एउटा रमिते पर्यटक जस्तो भ्रमणमा र लञ्च डिनरहरुमा अभ्यस्त देखिन्थे÷बनेथे । देश डुब्दैगर्दा ऊनमा कति नि देशप्रतिको समवेदना घोप्टिएको र विचलित भएको एकरत्ति देखिन्नथ्यो । ऊनी १० दिनको यात्रा निर्धक्क र निस्फिक्री टुङग्याएर देश फर्केका हुन् । एयरपोर्टमा ओर्लन्दा ठुलै बाजीहरु जीते जसरी गर्वका साथ हास्दै–हास्दै अभिवादन टक्राएथे । एयरपोर्टको भीआईपी.कक्षमा पत्रकारहरुद्वारा सोधनी भो, यत्रो देश मनसुनी झरीबर्षाले डुब्दै गर्दा दुखेन ? नागरिकजनको चिन्ता, एकरत्ति लागेन ? यस्तो दुःखद अवस्थामा भ्रमण छोट्याएर आउँन सकिन्नथ्यो र ? मात्र उनेरुँले के सोधेथे, प्रश्नै प्रश्नको खाफ आएपछी ऊनले सहन गर्नै सकेनन्, र प्याच्चै थुतुनो जोतीहाले, ‘म के भैंसी दुहुन अमेरिका गा हो र ? दुहुने बित्तिकै फर्की हालौं ?’ फेरि मौसम अनुमानको बारे प्वाक्क मुख खोले, पानी झरी आउँछ भन्ने थाहै भाथ्यो । तर कहाँ–कहाँ आउँछ ? भनेर सप्पोई लोकेसन/स्थानहरु तोकेको थियो र ? की, यहाँ–यहाँनेर पानी पर्नेछ भनेर भनेकोथ्यो र ? अनि के म फर्केर आउँदाखेरि यो बाढीपैर्हो र झरीबर्षाहरु रोकिन्थ्यो र ? सरकारले गर्नसक्ने कार्यहरु त गरि रहेकै छन् त । अरु के गर्नु पर्थ्यो ? उल्टै प्रतिप्रश्नहरु खापेर आफू शासक हुनुको रवाफ र दम्भ प्रदर्शन गरेका थिए । देश दुख्दा र जनता विल्लिबाँठ अनि मर्दैगर्दा, दुख्यो भन्नुको सट्टा यस्तो तुच्छ ओठे जवाफ फर्काउँने समवेदनाहीन रोवोर्ट/डमी बनेका कथित देशको प्रधानमन्त्रीलाई भन्नू नै के छ र ?
देशले राष्ट्रिय विप्पतीको सामनाहरु खेप्दैगर्दा, देशकै विशेषः सरकार प्रमुखहरु भने बाहिर आ–आफ्नै ध्याउँन्नमा ब्यास्त देखिएका थिए । कार्यावाहक प्रधानमन्त्री बनाईएका प्रकाशमान सिंह, उहीँ नाममात्रको थपना न थिए । देशको अवस्था त्यस्तो नाजुक देख्दा र हुदांपनि यिनले केवल जोखना हेरेरै विताई दिएथे । गृहमन्त्री रमेश लेखकको त भिजिलिविटी नै सकेथ्यो । अनि यस्ता भिजिलिविटी नै नभा, दिर्घ विरामी रोगीसंग नागरिकजनले के अपेक्षा राख्न सक्थ्यो र ? ऊनी मुर्दा या जीन्दा हुन् ? बुझ्नलाई कति नि गार्हो थिएन । अन्तः मुर्दाले थाहा पाउँथ्यो भने, बरु केही गर्ने आँट र साहस बटुल्न सक्यो होला के । त्यति मुर्दाको जत्ती नि साहस नि बटुल्न यी नामधारी पाखण्डी गृहमन्त्रीले सकेनन् । जति मुर्दाप्रति नै आड भरोषा राख्न सकिन्थ्यो । यी यस्ता हुत्तिहारा नालायकले गृहमन्त्री जस्तो शक्तिशाली पदभारचेन् किन र कसरी सम्हाल्ने आँट गरेका हन् ? फेरि यता सरकारको प्रमुख सचिव टेकनारायण अर्याल नि, आफ्नो गृह जिल्ला स्याङजामा सम्मान थाप्नमा रम्दै थिए । प्रशासनिक कर्मचारीहरुलाई यस्तो आपत–विपतको समयमा नियमन र परिचालनहरु गरेर उद्वारताको सेवाभावहरु दर्शाउनु पर्नेमा, समवेदनाहीनता देखाउँनु, एउटा मुख्य सचीवको हकमा कतिको सुहाउँने दायित्व हो यो ? फेरि त्यहीँ समयमा प्रहरी आईजीपी.पनि बाहिरी मुलक मुन्टिएका रछन् । भनेसी मुलुकले यस्तो अकल्पनीय/अकथनीय दर्दनाक पिडाहरु भोगी रहेको समयताक् देश कै जीम्मेवार मुख्य सरकार प्रमुखहरु नै नहुनु र बेखवर झैं बनी टोपल्नु कतिको उत्तरदायी पदभार ग्रहण र मानवीयता हो के ? यसै कारण ओलीको सत्तारोहण ऊनको उखान–टुक्का र छल– कपटहरुको संयोजन कर्मले मात्र शासकीय सत्ताको भरथेग र आयु लम्बेतान कसरी होला ? यस्तै झारे–झुरे आलटालमा सत्ता गठबन्धनको गाठो शक्तिशाली बन्नेमा आशंकाहरु वढ्दो देखिन्छ ।
यो सरकार मुर्दा की, जीन्दा हो ?
ओली र प्रचण्डको मनोदशा दृष्टिकोण एउटै देखिन जान्छन् । सत्ताभोगबाट बहिर्गमन भो की, केटाकेटीहरुको जस्तो नानाभाँतीहरुको सत्तोसराप गर्ने प्रवृत्तिहरु यी भ्रष्ट शासकद्वयमा सार्है मिल्दोजुल्दो लाग्छन् । अहिले सत्ता बहिर्गमनको छट्पटी र कुण्ठाको रिसरागचेन् उनै प्रचण्डलाई छ, र जेपिटी बर्बराउँदै हिड्छन् । आफ्नो राजनीति मुद्वाहरु केन्द्रीत नागरिकजन माँझ उभिनुको सट्टा, ओली सरकारको उछित्तो काड्न मै आफ्नो राजनीति अभिष्ट पूरा हुने ठानेका छन् । छुरा जस्तो थुतुनो जोत्ने तर धारबिहीन काम नलाग्ने भुत्तेहरुचेन् यिनैद्वय नेताहरु हुन्प/र्छन् । यो काम नलाग्ने देशको भारमा कांग्रेस सभापति देउवा नि पर्छन् नै । तर ऊनको थुतुनो उति चल्दैन । धेरै सुन्छन्, थोरै बोल्छन् । महा सप्रवृत्तिका छन् । शासकीय रवाफमा बोल्छन्, र धम्क्याउँछन् । देशको पाँचौंपटक प्रधानमन्त्री भाको ब्याक्ती भन्नू नि आम–नेपालीजनलाई लज्जाबोध लाग्ने गर्छ/लाग्छ । नेपाली राजनीति ईतिहासमा प्रजातन्त्र प्रादुर्भावपछीको यो देशमा त्यस्तो सम्झिन लायक कार्याकारी प्रमुखहरु (प्रम.)कोहीपनि बन्न सकेनन् । यो देश र नेपालीजन कै दुर्भाग्य हो । जसको कारण देश र नागरिकजनले कहिल्यै सु–शासन र विकास सेवाको उन्मुक्ति पाउँन सकेनन् । अहिले ओली सरकारको ताल हेर्यो की, उहीँ पुनाराबृतिको छायाँ तस्वीरहरु आँखै अघि बिझाउँन आईपुग्छन् । त्यहीँ दुई तिहाईको चुरीफुरीको शासकीय रवाफ र दम्भको पराकाष्ठा छ । कांग्रेससंगको सत्ता साझेदारीको बागडोर सम्हालेकै सयदिन पुग्न लाग्यो । अफसोंच यो देशमा अभिभावकत्व जिम्मेवारी प्रदान गर्ने नि सरकार छ र ? जस्तो आम– नेपालीमाँझ त्यस्तो अनुभुतिहरु गर्न विवश तुल्याएको छ । यो हस्ताक्षर आलेख थुर्याउँदैगर्दा, सरकारले नब्बे दिन पर–सत्ताभोग काटी सकेको छ । तर उसले आफ्नो नब्बे(९०) दिनहरुमा गरेको कामकाजको गतिविधिहरुको रेकर्ड फायलहरु आम–नेपाली माँझ देखाउँन सकेको छैन । सयदिनको उसको ‘हनिमुन् डे’ मधुमास नै भो भन्ने हो । दुर्भाग्य यथार्थमा कहने हो भने, यो हनिमुन् डे सम्म आईपुग्दा, येनारुँले एउटा माखोसम्म मार्न सकेनन् । उनेरुँको हकमा यो सत्ताभोग खाली आफ्नो भ्रष्ट नेताहरुको बचाउ मिसन मै समय खर्च्याई रहयो । अनि बाढीपैर्होमा ज्यान गुमाएका मृतकजन र पिडितजनको संख्याहरु मापन गर्नमै आफ्नो कर्मकाण्डहरु पुर्याएको देखायो । यो सरकार केवल आफ्नो नागरिकजनको जनधनको क्षतीहरु भएको नियमनमा तथ्याङ्क बटुल्ने गणकधारी सेवक जस्तै मात्र बन्यो, र देखियो बरा..!
यी ओली सरकारको अग्नि परिक्षा गतदिनको मनसुन झरीबर्षाबाटै शुरु भएको न हो । देशमा प्राकृतिक प्रकोपले पारेको असर र प्रभावले विप्पतीमा पुर्याएको जनधनको क्षती र उसले देखाएको तादारुकता अनि उद्वार सेवा राहतको कृयाकलाप गतिविधिले ह्वाङै देखाई दिई सकेको छ । की ओली सरकार आफ्नो देश र नागरिकजनप्रति कति सम्बेदनशिल छ ? र कतिको अपनत्वबोध गर्छ ? भन्ने कुराहरु बस्तुगत रूपमा उसको अग्नि परिक्षा भई सकेको छ । ओली सरकार त्यहीँ कोमामा राखिएको रोगी विरामी जस्तै हो । जो भेण्टिलेटरको वलमा श्वास फेरेको देखिन्छ । जसलाई मुर्दा या जीन्दा छ भनेर छुट्ट्याउँन आफन्तजनलाई गार्हो हुन्छ । उनेरुँलाई त आफ्नो मान्छे बाँची रहेछ, र ऊ जसै बाच्नै पर्छ भन्नेमा पुरापुर आशा र भरोषाहरु बेश्कनै हुन्छ नै । तर त्यो रोगी मान्छे बाँच्छ या मर्छ भन्ने आँकलन भने सम्बद्ध डाक्टरले डिसिजन दिन्छन् । हुन त कति कोमामा गएका रोगीहरु लामो उपचार पद्वतीपछी एकाध, दोकाध दैव–संयोगबस् फर्केका नि पाईन्छन् । तर ओली सरकार त्यहीँ हिजोको दिर्घ मनोरोगी दम्भित सरकार हो । ऊनी आफ्नै थुतुनोको धारहरुले रेटिएर कोमामा पुगेका शासक हुन् । ऊनी भेण्टिलेटरवलमा मेन्जो बाँची टोपलेका लम्पट् मुर्दा जस्तै हुन् । उहीँ सत्ता दाउ पर्दा कोमाबाट बौरिएका मात्र हुन् । ऊनी न मुर्दा, न जीन्दा हुन् । बेला–बेला कोमाबाट भेण्टिलेटरवलको आड् भरोषामा बौरिने गर्छन् । अनि यी यस्ता अधकल्चो मुर्दा भएजस्तो मान्छेसंग के को आशा र विश्वास होला र के ? ऊनीसंगको आशा र विश्वासमा बाँच्नेहरु भनेकै उनकै सम्बद्ध पाटीका मान्छेहरु मात्र न हुन् । त्यसमा लगनगाठो बाँधेका काँग्रेसीजनमा केही झिनो आशाहरु अल्झेका होलान् । अन्तः काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त मुर्दाघरमा राखेर, आर्याघाट्मा अन्त्येष्टि कर्म गर्न, गराउँनमा घोषणा गर्न मात्र बाँकी रहयो । ऊनीहरुले एमालेसंगको लगन–गाँठोले देश र नागरिकजनको चोला फेर्न नसकिने निर्क्योलमा लगभग पुगी सकेका छन् । उसो त ओली सरकार नेतृत्वलाई गलहत्याएर सत्ताबाट बाईपास गरेपनि, फेरि वहीँ सन्की देउवा नै सत्तामा ल्याईए/आए, केही नि नापिन्दैन । ओली र देउवामा केही नि मतभिन्नता होप/छैन । यसपटक कांग्रेसका यी महामन्त्रीद्वयले देउवा विरुद्ध विद्रोहताको ऐलानेजंग गर्न सक्यो र पाटीको पराम्परागत कु–मान्यताको क्रमभंगता तोड्न सक्यो भने, कांग्रेसले आफ्नो खुईलिन्दै गएको साख बचाउँन सक्थ्यो, र सरकारको बागडोर चलाउँने शक्तिमा तेश्रो पुस्ताको आगमन हुन सक्यो भने केही राहत होला भन्ने आँसिक् अपेक्षा भने राख्न सकिन्छ ।
अलच्छिना दोख् की, दोष हो ?
नेपाली आख्याँनमा यो अलच्छिना भन्ने शब्दभावले कुरुप सौन्दर्यचेतको बखाँन गर्छ र दोख् लगाईने गरिन्छ । प्राय यो भाव स्त्रीलिङ्ग शब्दसंग ईंकित गर्ने गरिन्छ । अलच्छिन् र अलच्छिना भनेपनि उस्तै भावबोध हुनेगर्छ । तर यो कहिलेकाहीँचेन् परिवेश समय अनुरुप पुलिङग बेसमा नि ईंकित गर्ने सामथ्र्य भने राख्ने गर्छ नै । प्रसंगबस् यहीँ अलच्छिनाको कुराहरु कोट्याउँन चाहें । यिनै ओली सरकारले आजभन्दा ८ बर्ष अघी, बुटवलमा सम्पन्न(२९–फागुन–२० ७३)एमालेको सभालाई सम्बोधन गर्नेक्रममा यिनले, तत्कालीन प्रचण्ड नेतृत्वको सरकारलाई ‘उधुम्मै अलच्छिना’ सरकार भनेर पटाक्षेप गरेका थिए । यो सरकार गठनबन्धन भए यतादेखिन्, यात्रुवाहक गाडीहरु नपल्टेको र हवाई दुर्घटनाहरु नभएको दिनहरु छैनन् । यो कस्तो अलच्छिना सरकार गठन भो यो देशमा ? भनेर दोख् लागेको औंल्याएका थिए । त्यस्तै ओलीको अर्को तीन बर्ष अघि(२३– पुष–२०७८), काभ्रेको धुलिखेलमा आफ्नै पाटीको कार्यक्रम सभालाई गरेको सम्बोधनमा पनि उहीँ शब्दभावहरु दोहोर्याएको थिए/हुन् । ‘यो अल्च्छिना छिरेपछी त बिग्रन्छ–बिग्रन्छ नै । तर अझै झन् पाँच–पाँच जना छिरेपछी(दलीय गठबन्धनप्रति लक्षित/कांग्रेस, माओवादी, जसपा, लोसपा र सजमो आदि) यो सरकार झनै अलच्छिना भयो ।’ भनेर आफू सत्ताबाट बहिर्गमन हुनुको पिडाको आक्रोश पोखेका थिए । जुन समयमा यिनले दुईपटक संसद भंग गरेको नेपाली राजनीति ईतिहासमा रेकर्डब्रेक नै गरेका थिए । निरङ्कुश तानाशाही शैलीमा शासक बन्नुले आफ्नो दुईतिहाई बहुमतको सरकार आफ्नै दम्भ र हुँकारको कारण पतन गरेथे । किर्ते प्रकृयाबाट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसंगको सहमतिमा संसदीय चलखेल गरेसी, सर्वोच्च अदालतले उनलाई अपध्वस्त पारेको थ्यो/हो । अन्तः त्यसकै रिसको आवेग र लज्जास्पद रुपले सत्ताबाट बहिर्गमन हुनुको प्रतिशोध र कुण्ठाको जलन थ्यो । त्यसताका ऊनीपछी देउवा नेतृत्वको गठबन्धन सरकार बनेथ्यो । जुन स्मरणको लागी सो शब्दभावहरुको पुनश्चःसापटी अंश मात्र लिईएको हो । पुनः उनै ओली सरकारको ध्यानाकर्षण गराऔं की, यो ‘उधुम्मै अलच्छिनाझ सरकार को को हुन् ? उनको बाङगो चोर औंलाले क–कस्लाई औंल्याएको थ्यो ? अहिले त्यो औंला को तिर फर्केको छ ? कस्लाई औंल्याईएको होला ? भनिन्छ नि, चोर औंलाले ज–जसलाई औंल्याए नि, बाँकी चार औंलाहरुलेचेन् आफैलाई नि औंल्याई रहेको देखिन्छ रे । अहिले ओलीको हकमा ८ र ३ बर्ष अघि आफैले जोतेको थुतुनोले, आफैमाथी बज्रपात गरेको छ । जवकी ओली सरकारले नेतृत्व सम्हालेको दिनहरु देखि नै अलच्छिना छिर्यो भन्नैपर्ने भो । त्यो दोख् लाग्यो । यो कुरुप दोख् अरु कसैले नऔंल्याएर, ऊनी आफैले औंल्याएका थिए/हुन् । उनले शितल निवासमा(राष्ट्रपति भवन) प्रधानमन्त्रीको सफथ ग्रहण(२९– असार) गर्दैगर्दा, त्रिशुली नदीमा ६३ जना यात्रुहरु सहितको दुईवटा बसहरु खस्दै थिए । खोज उद्वार महिना दिनसम्म गरि टोपले, दुर्भाग्य ती बसहरु अहिलेतक् भेटिएनन्अ/तोपत्तोसम्म छैन । केवल २४ जनाको शवहरु सनाखत गर्यो, र बाँकी यात्रुहरु बेपत्ताको सूचीमा दस्तखत गर्यो । त्यसपछी सरकारले बाल मतलव नै राखेनन् । त्यसको साता दशदिन(९–साउन)मै सौर्य एयर लाईन्सको जहाज/विमान त्रिभुवन विमानस्थलमा १८ जनाको ज्यानजाने गरीको दुर्घटना ग्रस्त भएथ्यो । फेरि वहीँ अर्को(२४–साउन) एयर डाईनेष्टिकको विमान, नुवाकोटको शिवपुरीमा दुर्घटनाग्रस्त हुन गयो । जसले ५ जनाको ज्यानहरु लियो । त्यस लगत्तै फेरि भारतीय नम्बर युपी–५३, एफडी. ७६२३ नम्बर प्लेटको तिर्थयात्रामा नेपाल आएको गाडी मर्स्याङदी(७–भदौ) नदीमा खस्यो । ४३ जना सवार तिर्थालुहरु मध्ये, २७ जनाको ज्यान गएथ्यो भने, १६ जना घाईते भएका थिए । घाईतेजनको राजधानीमा सघन उपचार भईरहेको बेला, भारतीय प्रम.नरेन्द्र मोदी सरकारले आफ्नो केन्द्र सरकारको तर्फबाट, तत्कालै युवा खेलकुद तथा राज्यमन्त्री रक्षा खर्सेलाई आफ्नो नागरिक रेखदेख गर्न र अपनत्व दर्शाउँन नेपाल पठाएका थिए । उनै सेवक मन्त्रीले दुर्घटनाबाट बाँच्न सफल आफ्नो घाईते नागरिकहरुलाई उद्वार स्वरुप विमान चार्टर मार्फत आफ्नो देश लगे । ४३ जना सवार तिर्थालु यात्रुहरुमा २७ जनाको ज्यान गएथ्यो । हामेरुँको नेपाल सरकार भा यस्तो अभिभावकत्व जिम्मेवारी निर्वाह गर्थ्यो र ? यस्तो उद्वारहरु गरेको कहीँ रेकर्ड छ ? जुन यो भारतीय गाडी दुर्घटना हुनु केहीदिन पछी मात्र नि, उहीँ तिर्थालु नेपालीहरुको गाडी भारतको उत्तराञ्चल प्रदेशमा दुर्घटनाग्रस्त भएथ्यो । जुन यो दुर्घटनामा सरकार पुग्नु र अपनत्वबोधको जिम्मेवारी लिनु त दुर कि बात् रहयो, सरकारले त सुन्न पनि सुनेनन् । र थाहासम्म नि पाएनन् क्यार । उस्तैगरी त्यहीँ समयमा काठमाडौ र धादिङ वीचको झ्याप्ले खोलामा गएको पहिरोले गुडिरहेको दुईवटा गाडीहरु पुरिएको थ्यो । जसको कारण ३५ जनाले ज्यानहरु गुमाएथे ।
भोट नदिए, बृद्व भत्ता नि नदिने भनेर एमालेका झोले कार्यकर्ताहरुले त्यसै नि तर्साउँछन्, विचरा बुढाबुढी पाकाहरुलाई । उनेरुँलाई पुरापुर राजनीति सत्ताको नीतिगत अख्तियार के हो ? भन्ने के थाहा हुन्थ्यो र ? कठै..! जो यो मिथ्या भ्रमबाट मुक्त भएको दिन, एमाले भन्ने भ्रष्ट पाटी सिधै कोमामा जानेछ । र भेण्टिलेटरको वलमा अन्तिम श्वास फेरि रहनेछ । जुन दिन कोमाबाट पनि मुक्त भएर मुर्दाघरमा बसाई सर्नेछ । अन्तमा आर्याघाट्मा अन्त्येष्टिको विसर्जन हुनेछ । एमाले र ओली सरकारको हकमा भोलीको तितो–सत्यको यथार्थ यहीँ नै भोग्नुपर्ने निश्चित नै हो ।
फेरि स्मरणमा यादगार उनौं, गतदिन(१२–असोज) राजधानी सेरोफेरोको ललितपुर भित्रैको नख्खु खोलाको भेलबाढी बासस्थान भएको घरैभित्र ह्वात्तै पस्यो । सामन्य डाँडाभाटाहरुले निर्माण गरेको टहराघर थ्यो । उनेरुँ घरको छानोमाथी उक्लिएथे । ४ परिवार सहितको उनेरुँले आफुहरुलाई उद्वार गर्न संघीय सरकार र स्थानीय सरकारसंग हार–गुहार मागेथें । ४ घण्टा वितिसक्दा पनि सरकारले उद्वार नगरेपछी उनेरुँलाई हेर्दाहेर्दै खोलाले बगायो । उक्त परिवारहरु बगाएको हृदयविदारक दृश्यहरु खोलाको किनाराहरुमा रमिते साक्षी बसेका/बनेकाहरुले आफ्नो मोबाइल मार्फत भिडियो रेकर्ड कैद भने गज्जबले गर्न भ्याए । मात्र उनेरुँलाई कसरी बचाउँन सकिन्छ ? भन्ने प्रयास र चिन्ताचेन् यी रमितेहरुले रत्तिभर गरेको देखिएन । सरकारले भिजिविलिटी नभएकोले उद्वार गर्न सकिएन । आ..! मरे मर है, के गर्नु त ? भनेजसरी मानवहीनताको कठोर निर्लज्जता घोप्ट्यायो र समवेदनामा गोहीको आँशु तुरुक्क चुहायो, अनि जिम्मेवारी वहनताको कर्म गरेको टुङ्याथ्यो । संयोग भनौं, माङ/ईश्वरको कृपा हो की, खोलाले बगाएको उनेरुँलाई स्थानिय श्रमजिवी युवा साथी, चणिकलाल तामाङले उद्वार गरे, र बचाए । दुई नावालक रहेका नानीहरुमा एकजना नानीको भने उद्वार हुन सकेन । जो अझैपनि बेपत्ता छन् । सरकारको काम त उहीँ सूचीकृत गर्ने मात्र न हो । जो राज्य सरकारको जनशक्ती उद्वार टोलीहरुले फत्ते गर्न नसकेको जिम्मेवारी कार्य एउटा सामन्य तन्नेरी युवाले गरेर देखाई दिएथे । अन्तः यो समवेदनाहीन् मुर्दा सरकारसंग बाँचेकाहरुले, थप बाँच्न पाउँने अन्य अपेक्षाहरुचेन् के राख्ने हो ? ए..! लौ भन्देउ त ओली सरकार, ‘उधुम्मै अलच्छिना’ सरकारचेन् को हो के ? फेरि उनैतिर(प्रचण्ड/देउवा)फर्केर आफ्नो बाङगो परेको चोर औंला ठड्याएर भन्न सक्छौ ? की, यो उधुम्मै अलच्छिना सरकार ‘तँ हरुको हो की ? मँ हरुको हो..? आन्तः अब यो उधुम्मै सत्र अलच्छिना लागेको दोख् र दोषहरुको जीम्मेवारी आफुले देशको नेतृत्व बागडोर सम्हाल्दै गर्दा, लिने की, नलिने हो ? कुनैदिन आफैले गरेको प्रतिशोधको प्रतिपक्षी विरुद्वको यो कहावत बोलीको आत्मा–समिक्षाहरु गर्दै, सार्वजनिक रूपमा आत्मालोचना गर्ने की, नगर्ने हो ? यसताका म आफ्नै थुतुनोको धारहरुले रेटिन पुगें । प्राकृतिक प्रकोपहरु र दुर्घटना हुने दशाहरु, प्रहरीहरुले गाडीको साईरन बजाउँदै आएजस्तो बाजा बजाएर नआउँने नै हो । यसमा कसैलाई र कसैमाथी दोख् र दोषहरु थोपर्नु किञ्चित वाञ्छनीय थिएन र हुनुहुन्नथ्यो, भन्ने आम–भारी क्षमायाचनाको माफी माग्न सक्ने ईमान्दारीता देखाउँन सक्ने की, नसक्ने हो ? नत्र यसको सम्पुर्ण जिम्मा लिन्छु र म अलच्छिना नै हुँ भन्ने दम र साहस नि बटुल्न सक्नु पर्यो । अतः राजनीतिमा यतिको नौतिक ईमान्दारिता थ्यो र देखाउँन सक्थ्यो भने, आफ्नो कार्याकारी प्रमुख पदभारबाट यतिखेर सुखद रुपले, राष्ट्रपति सामु राजीनामा पेश गरि सकेका हुनेथ्यौ ।’ के त, यति गर्न र भन्न सक्ने अब ल्याकत् औं साहस बटुल्न सकौला र ? यो बेलाचेन् ओली महाराज सरकारलाई, दोख् लाग्या हो की ? दोष लागेको हो ? दुईतिहाईको दुहाई दिने सरकारको पुनाराबृतिको फेरि लालमोहर छाप नलागोस् । मोटो बुद्वीमा भ्रष्टताको ढकन/ विर्को उघ्रीयोस्, कलमी शुभेच्छा छ ।
ओलीको ओरालो यात्रा, उपदेयता र निकास
काँग्रेस/एमाले गठबन्धनको सरकार विगत तीन दशक अघीयता देखिन् आम–नागरिकजनले हेर्दै र चाख्दै आएको हो । यिनिहरु नेपालीजनको आँखाहरुले कहिल्यै नदेखेका विष्टहरु हुन र ? जहिल्यै–त्यहिल्यै देखेका सत्र–अलच्छिना माकाः फुईँहरु हुन् । यस मानेमा नेपाली राजनीतिमा अब ओली, देउवा र प्रचण्डको उपदेयता सकिएको हो । यिनिहरु सत्तामा रहुञ्जेलसम्म देश कहिल्यै उभो लाग्ने छैन, र मुक्ति पाउँने छैन । देशको लागी आर्थिक रुपले भारी बोझहरु हुन् । यी खञ्चुवाहरुलाई देशको ब्यायभारको रूपमा नेपालीजनले कहिल्यैसम्म थाप्लोमा बोकी रहने ? या पाली रहनु पर्ने हो ? ओलीको नीतिगत भ्रष्टाचार गर्ने सुत्रमा कांग्रेस नि दंग परेको छ । ओलीले अर्वौं रकम बराबरको उद्योगपति, भाट्भटेनी सफिङ कम्लेक्स मलका मालिक, मिनबहादुर गुरुङले दान तोम्मा गर्दा, कांग्रेसले थुक् घुटुक्क निल्नुलाई के उदेक् मान्ने र ? कांग्रेसले ओलीको दिग्दर्शनलाई फलो गर्न सिके, के नै आश्चर्यता हुन्छ र ? उसले बाटो विराएको ओलीको कारणले भए पो अचम्म मान्ने हो । कांग्रेसले आफ्नो मुल–समाजवादी मार्गदर्शन/बाटोहरु जब्बर्जस्त छोडेको कयौं वर्षहरु विति सके । उसलाई अब के बाल–मतलव रहयो र?उसलाई त विपी. गणेशमान र किसुनजीको फोटो/तस्वीरहरु कांग्रेसको अफिसियल बोर्ड र आ–आफ्नो शयन कक्षहरुमा फ्रेमिङ गरेर टाँस्न सके, गज्जवले पुगीगो त । त्यति भएसी त,काँग्रेसको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद गज्जवले बाँची गो नि।त्यस्तै सर्वहारा बर्गहरु भनौंदा कम्युनिष्टे नेताहरुको हकमा पनि यहीँ सुत्रपात न लागू भएको हो । उहीँ माक्स, लेनिन, एगेंल्सको फोटोहरुको साथमा, आफ्नो स्व.नेताहरु मनमोहन अधिकारी र मदन भण्डारीको पनि फोटोहरु राख्यो/झुण्ड्यायो, अनि जबज.र ओलीबा भन्यो । त्यसपछी कुम्ल्याउँनेतिरको दिग्दर्शनमा कमाउँनिष्टेहरु बन्न उद्वेलित भयो, र निरन्तर अभ्यासरत बन्यो । एमाले दर्शनको यथार्थ स्कुलिङ यहीँ हो । अतः एमाले त्यहीँ एउटा स्थायी प्याकेज कार्डहरु फ्याँकेर, सदा सत्ताभोग गर्न पाईरहेको छ । सामाजिक भत्ताको रूपमा बृद्व बुढाबुढीहरुलाई राहत स्वरुप दिने भत्ताको प्याकेज ल्याई दिएर एमाले राजनीतिको अन्तिम श्वास यसैको कारण बाँच्न सकेको छ । त्योपनि आफ्नै नीजि गोजीवाट निकाल्दै दिए जस्तो त, कतै एमाले पाटीको ढुकुटीबाट झिक्दै बाँडेजसरी कथित मिथ्या भ्रमहरु छरेका छन् । बयोबृद्व यी बुढाबुढीहरु हो न हो, भनेर उसै नि मख्ख र दंग परेका छन् । अन्तः भोट नदिने त कुरै भएन । भोट नदिए, बृद्व भत्ता नि नदिने भनेर एमालेका झोले कार्यकर्ताहरुले त्यसै नि तर्साउँछन्, विचरा बुढाबुढी पाकाहरुलाई । उनेरुँलाई पुरापुर राजनीति सत्ताको नीतिगत अख्तियार के हो ? भन्ने के थाहा हुन्थ्यो र ? कठै..! जो यो मिथ्या भ्रमबाट मुक्त भएको दिन, एमाले भन्ने भ्रष्ट पाटी सिधै कोमामा जानेछ । र भेण्टिलेटरको वलमा अन्तिम श्वास फेरि रहनेछ । जुन दिन कोमाबाट पनि मुक्त भएर मुर्दाघरमा बसाई सर्नेछ । अन्तमा आर्याघाट्मा अन्त्येष्टिको विसर्जन हुनेछ । एमाले र ओली सरकारको हकमा भोलीको तितो–सत्यको यथार्थ यहीँ नै भोग्नुपर्ने निश्चित नै हो ।
भलैः नेपाली राजनीतिमा ओलीको आगमन प्रतित्पादक थ्यो । यिनले न प्रजातन्त्र प्राप्तिका लागी लडे ? न लोकतन्त्र प्राप्तिको जन–आन्दोलनहरुमा लडे ? हत्त्या आरोपित अपराधी/कसुरदारी कैदीको जेल बसेर, प्रजातन्त्रको फल खाने अहोभाग्यमानी यहीँ सत्र–अलच्छिना ओली हुन् । काशः तो, यो(कांग्रेस/एमाले गठबन्धन)ओली सरकारले देश र आम–नागरिकजनलाई हर सेवा सुविधाहरु दिन सक्दैनन् । कार्पोरेट् माफियाहरुसंग सालनाल जोडेका ओली सरकारले बजार भाउ सस्तो पार्लान्, स्वास्थ्य औषधी मुलोहरुमा विमा गर्लान्, घरेलु प्रयोगमा आईरहने हरेक सामाग्रीहरुको खरिद विक्रीहरुमा सहज पारि देलान्, कर, भ्याटहरुमा डिस्काउँण्ट छुट् गर्लान भन्ने जुन अपेक्षा नेपालीजनले राख्थे, त्यो अतिरञ्जित एउटा फगत कल्पना र सपनाहरू मात्र हुन । जो यी कर्पोरेट् भु–माफियाहरुसंग के आशा राख्न सकिएला ? यो कांग्रेसको त झन् भर नै होप्पी/छैन । तसर्थः यसको विकल्प भनेकै आम–नागरिकजनले यी बूढो दलेहरुलाई सदाको लागी डस्विनमा फोहोरको रूपमा मिल्काई दिनु या थन्काई दिनु हो । फेरि–फेरि शेषनागले झैं टाउको उठाउँन नपाओस् । त्यो अग्रधिकार अभिमत ब्याक्त गर्ने स्पेस/ठाउँ भनेकै, हरेक पाँच बर्षमा सम्पन्न हुने आवाधिक आम–निर्वाचन नै हो । यिनिहरुको दल र सत्ताभोगको आयुहरु यसैले तोक् गर्ने गर्छन् । तथापी आगामी २०८४ मा सम्पन्न हुने आम–निर्वाचनले फेरिपनि आम–नेपाली मतदाताहरुको मत–परिक्षण हुने नै छ । ताकी मतदाता नागरिकजनको खप्परमा कतिको अग्रगामी चेत् घुस्यो ? र युगान्तकारी निर्णायक मोड्मा उभिएलान् भन्ने विशेष चासो र चिन्तन पनि हो । यसपटक पुर्ण रूपमा सत्तापलट् हुन नसके र फेरि त्यहीँ पुनाराबृती ईतिहास दोहोरिए,देश फेरि दशकलामो पछाडी भड्खालोमा धकेलिने र जाकिने छ । यो २०८४ को आम–निर्वाचन नेपाली मतदाताहरुको हकमा अन्तिम अग्नि परिक्षाको रूपमा उभिएको छ । अतः अहिलेको यो हुत्तिहारा निकम्मा ओली सरकारको विकल्प नखोजी धरै छैन । समाबेशीको आधारमा कुनैपनि दल विशेषको एकदमै फ्रेस, निष्कलंक र दुर– दृष्टिकोण राख्न सक्ने त्यस्तो ल्याकत बोकेको संवाहक राजनीति युवा नेतालाई, देशको नयाँ कार्याकारी प्रमुखको जीम्मा दिन सके, देश र आम–नागरिकजनले कहिँ न कतै, केही न केही त चोलाहरु फेर्न सक्थ्यो, फेराउँथ्यो भन्ने भारी अपेक्षा नै हो । कम्तिमा सुखभोगको आभाष पाउँन सकेको खण्डमा नेपालीजनको मन्द–मुस्कान भित्र चम्किलो चेहेरा÷मुहारहरु त कतै देख्न सकिन्थ्यो की, भन्ने नि, कठै लैलै..!
फिरः विट्यौंनीमा ओलीको हिजोको शासकीय जीवनशैलीहरु उसै नि हाई–हाई चलेथ्यो । उनको पाटी सम्बद्ध शुभेच्छुक मतदाता नौंजवान पुस्ताहरुले केपी बाः हाई–हाई । केपी बाः आई लभ यु भनेर सडकभरी चर्को कर्कस आवाजहरुमा स्लोगान नाराहरु चर्काउँन्थे/घन्काउँथे । दुर्भाग्य, अहिले उनै ओली सत्ताराजमा छन्, तर उनको अवस्था हिजोको जस्तो प्रशंसा र तारिफहरुले जसको माङगेन्ना/शीर फक्ताङलुङ जस्तै उठेको होप/छैन । आज उनै ओलीको सत्ताराजको यात्राहरु ओरालो लाग्ने/झर्ने क्रममा देखिन्दों छ । हिजो तिनै केपी. ओली हाई–हाई भन्नेहरुले नै, अहिले केपी. ओली, बाई–बाई भन्न थाले । अनि केपी. बाः आई लभ यु भन्दै कुर्लनेहरुले नै, फेरि केपी. बाः आई हेड् यु भन्दै उनको सभा/सेमिनार गोष्ठीहरुमा बहिस्कृत स्वरुप यी नाराहरु उराल्न थालेका छन् । यसले पनि ओली र ऊनी नेतृत्वको सरकारको आयु, उति लामो देखिन्न । यो सरकारको स्वस्थ्यस्थिति दिनप्रति दिन खस्कन्दो छ । अहिलेकि हकमा सघन उपचार गर्ने स्थिति उनेरुँ आफैमा देखिएको छैन । फिर तो, ओली सरकारको आलो स्मरणमा जब्बर्जस्त हिजोको पुनाराबृतिहरुको मेमोरिज सिरिंजहरु उन्न चाहें, र ओली सरकार कै थुतुनो भर्सनमा बक्तब्यबाज गरी टोपलें । थ्वोईट्..! यो उधुम्मै अलच्छिना सरकारको फेरि–फेरि मुख देख्न नपरोस्, मांकाः फुईँहरु…!
(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको असोज अंकमा प्रकाशित लेख हो)