कातिक ८, काठमाडौं । घरेलु टोली नेपाल समूह विजेता बन्दै सातौं पल्ट साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकामाथि ६–० को प्रभावशाली जित हासिल गर्दै नेपाल समूह विजेताको रुपमा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गर्दा सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मिकुमारी घिसिङले समान एक गोल गरिन् ।
अव नेपालले फाइनल प्रवेशका लागि आइतबार भारतसँग खेल्नेछ ।