- आन्छुमे नसान
कातिक १२, माङसेबुङ । गितकार, गायक तथा संगीतकारको छवि बनाउँदै गरेका चारखोले शिशिर लिङदमको शव्द, संगीत तथा आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘माराम हिम ठुली’ सार्वजनिक गरिएको छ ।
गायिका पम्फा सुनुवार (राई)को समेत आवाज रहेको पुर्वेली लोक भाकामा सजिएको गित ‘माराम हिम ठुली’ को स्टुडियो भिडियो सोमबार सार्वजनिक गरिएको हो ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङ स्टुडियोमा मनोज साङसोन राईले नै रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजुकार्कीले गरेका हुन् ।
अर्जुनको छायांकन रहेको भिडियो चारखोले म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…