माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौहानको विदाई - Mangsebung News
  • बिहिबार, असार १९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौहानको विदाई

कातिक १३, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानको विदाई भएको छ ।

सोमबार एक कार्यक्रमकाविच झण्डै दुई वर्षदेखि माङसेबुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा रहेका चौहानको विदाई भएको हो ।

कर्मचारीको नियमित प्रशासनिक प्रक्रिया अनुसार प्रमुख प्रशासकीय अधिकृत चौहानको इलामकै रोङ गाउँपालिकामा सरुवा भएको छ । उनले सोमबार नै रमाना लिएका छन् ।

माङसेबुङ गाउँपालिकाको आयोजना सम्पन्न कार्यक्रममा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, माङसेबुङमा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत दिलशेर राईसहित जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर