कातिक १३, माङसेबुङ । विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर स्पेनिस तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका छन् ।
म्यानचेस्टर सिटीलाई चौथोपल्ट प्रिमियर लिग जिताउन र स्पेनलाई युरोकप २०२४ जिताउन महत्वपूर्ण भुमिका खेलका २८ वर्षीय रोड्रीले पहिलो पटक यो बालोन डी’ओर अवार्ड जितेका हुन् ।
यसैगरी महिला तर्फ भने बार्सिलोना र स्पेनीस स्टार आइटाना बोनमटीले बालोन डी’ओर अवार्ड हात पारिन् ।
रियल मड्रिडले अवार्ड कार्यक्रम बहिस्कार गरेको छ । रियललाई स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताएका भिनिसियस जुनियरलाई अवार्डको प्रमुख दाबेदार मानिएको थियो ।
तर, आफ्नो खेलाडीले उक्त अवार्ड नजितेको थाहा पाएसँगै रियलले पेरिसमा आयोजित कार्यक्रम केही घण्टा अगाडि बहिष्कार गरेको थियो ।