‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ को उत्कृष्ट १० छानिए - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ को उत्कृष्ट १० छानिए

कातिक १७, माङसेबुङ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिताको उत्कृष्ट १० प्रतिभा छानिएका छन् ।

याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजना सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को उत्कृष्ट १५बाट उत्कृष्ट १० प्रतिभा छानिएका हुन् ।

आयोजकले आज शनिबार फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन)द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती सार्वजनिक गर्दै याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३ को तेस्रो चरणमा पुग्न सफल उत्कृष्ट १० प्रतिभाको नामावली सार्वजनिक गरेका छन् ।

गत बैशाक १ गतेबाट सुरु भएको अडिसनबाट आइडलको मापडण्ड अनुरुप छनोट प्रक्रियाका विभिन्न चरणहरु पार गर्दै उत्कृष्ट १० प्रतिभा छनोट हुन सफल भएको फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन) बताए ।

रैथाने किरात याक्थुङ गित संगीतको सरक्षण सम्बर्द्धन र बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

उत्कृष्ट १० मा पर्न सफल प्रतियोगी प्रतिभाहरुको नामावली

१, अर्जुन नाल्बो (ताप्लेजुङ)
प्रतियोगी नम्बर १
२, अशल तुम्रोक (पान्थर)
प्रतियोगी नम्बर २
३, बिजय फागो (इलाम)
प्रतियोगी नम्बर ४
४, गगन प्रकाश लिम्बु (काठमाडौ)
प्रतियोगी नम्बर ६
५, दिलिप माखिम (पान्थर)
प्रतियोगी नम्बर ८
६, दर्पण सेर्मा ‘याम्धान’ (ललितपुर)
प्रतियोगी नम्बर १०
७, राजेन्द्र सेर्मा (पान्थर)
प्रतियोगी नम्बर ११
८, सन्चिता लिम्बु (सिक्किम भारत)
प्रतियोगी नम्बर १३
९, सुनिता योङहाङ (चितवन)
प्रतियोगी नम्बर १४
१०, मनु योङहाङ (इलाम, नेपाल)
प्रतियोगी नम्बर १५

मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ र सेकफुङ २ सफलतापुर्वक आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप ‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नाराका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ ३’ गायन प्रतियोगिता आयोजना गर्न लागेको र यस अघिनै आवश्यक तयारी समेत सुरु गरेको आयोजक मञ्चका केन्द्रीय अध्यक्ष सेर्माले बताए ।

अध्यक्ष सेर्माका अनुसार उत्कृष्ट १० प्रतियोगी प्रतिभाहरुलाई एक महिने मुन्धुमी प्रशिक्षणका लागि एक हप्ता भित्रमा जानकारी गराउने बताएका छन् ।

पुरस्कारहरु :

प्रथमपुरस्कार : नगद रु ५ लाख अडियो र भिडियो एल्बम, बिदेश साँगितिक भ्रमण बिजेताको ट्रफी र प्रमाणपत्र ।

दोस्रो पुरस्कार : नगद रु २ लाख पचास हजार, ४ वटा गित अडियो स्टुडियो ल लिप्सिङ भिडियो र एउटा भिडियो, प्रमाणपत्र र रनरअपको ट्रफी । साँगितिक बिदेश यात्रा दुई देशमा ।

तेस्रो पुरस्कार : नगद १ लाख २५ हजार, ३ वटा साम्लो स्टुडियो भिडियो रेकर्डिङ, एक देशमा बिदेश साँगितिक यात्रा साथै सेकेण्ड रनरअपको ट्रफी र प्रमाणपत्र ।

सान्त्वना पुरस्कार : नगद ६० हजार, २ वटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, ट्रफी र प्रमाणपत्र ।

टप टेनलाई : एउटा एउटा साम्लो रेकर्डिङ साथै स्टुडियो भिडियो, सब टाइटल साथै आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र ।

सम्बन्धित खवर