दोस्रो महागुरु फाल्गुनन्द कप भोलिबाट सुरु - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दोस्रो महागुरु फाल्गुनन्द कप भोलिबाट सुरु

कातिक १८, माङसेबुङ । दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता भोलिबाट सुरु हुँदैछ ।

इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भोलि सोमबारदेखि दोस्रो महागुरु फाल्गुनन्द कप २०८१ खेलकुद प्रतियोगिता सुरु हुने भएको हो ।

महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्तीको अवसरमा कातिक १९ देखि २५ सम्म सञ्चालन हुने दोस्रो महागुरु फाल्गुनन्द कप प्रतियोगिताको तयारी पुरा भएको छ ।

अपरान्ह १ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आशिस स्पोर्टिङ क्लव र एनवाईसी चुक्चिनाम्बाबिच हुने र दोस्रो खेल युथ अफ माङसेबुङ र मिक्लाजुङ ५ विच हुने खेलकुद प्रतियोगिताका आयोजक युथ अफ माङसेबुङका अध्यक्ष विवेक वनेम फागोले बताए ।

प्रतियोगितामा आशिस स्पोर्टिङ क्लव र एन.वाई.सी. चुक्चिनाम्बा, युथ अफ माङसेबुङ, मिक्लाजुङ ५, महमाई एफसी, एम.आर.सी. एफ.सी., धरान वारियर्स एफ.सी., सिङफेरे एफ.सी., आयोजक, चतरे भेट्रान्स, ब्रदर्श युनाईटेड एफ.सी. र बेङडाँडा एफ.सी. दुधे गरि १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । उपविजेताले टिमले नगद २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल कातिक २५ गते हुनेछ ।

सम्बन्धित खवर