विजयी बनेका सिङफेरे एफ.सी. टिम
कातिक २०, माङसेबुङ । इलामको माङसेबुङमा जारि दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगितामा सिङफेरे एफ.सी. दोस्रो चरणमा प्रवेश गरेको छ ।
मंगलबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा धरान वारियर्स एफ.सी.लाई ५–० गोल अन्तरले पराजित गर्दै सिङफेरे दोस्रो चरणमा प्रवेश गरेको हो ।
सिङफेरेको जितमा राज राई र सुमन राईले समान २ गोल गरे भने, रोशन साम्बाले १ गोल गरे । खेलको मेन अफ दी म्याच विजेता टिमका राज राई घोषित भए ।
यसैगरी आज नै हुने भनिएको आयोजक महमाई एफसी र एम.आर.सी. एफ.सी.विचको खेलमा महमाई एफसीको अनुपस्थितिका कारण एम.आर.सी. एफ.सी.लाई विजयी घोषना गरिएको थियो । योसँगै एम.आर.सी. दोस्रो चरणमा प्रवेश गरेको छ ।
पराजित बनेका धरान वारियर्स एफ.सी. टिम
प्रतियोगिता अन्तर्गत भोलि(बुधबार) अपरान्ह १ बजे आयोजक र चतरे भेट्रान्सविच प्रतिस्पर्धा हुने र दिउँसो ३ बजे ब्रदर्श युनाईटेड एफ.सी. र बेङडाँडा एफ.सी. दुधेविच हुने खेलकुद प्रतियोगिताका आयोजक युथ अफ माङसेबुङका अध्यक्ष विवेक वनेम फागोले बताए ।
प्रतियोगितामा आशिस स्पोर्टिङ क्लव र एन.वाई.सी. चुक्चिनाम्बा, युथ अफ माङसेबुङ, मिक्लाजुङ ५, महमाई एफसी, एम.आर.सी. एफ.सी., धरान वारियर्स एफ.सी., सिङफेरे एफ.सी., आयोजक, चतरे भेट्रान्स, ब्रदर्श युनाईटेड एफ.सी. र बेङडाँडा एफ.सी. दुधे गरि १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । उपविजेताले टिमले नगद २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् ।
महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगिताको फाईनल खेल कातिक २५ गते हुनेछ ।