विजयी टिम चतरे भेट्रान्स र बेङडाँडा एफ.सी. दुधे
कातिक २१, माङसेबुङ । इलामको माङसेबुङमा जारि दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगितामा चतुरे भेट्रान्स विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा आयोजकलाई टाईब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै चतुरे भेट्रान्स दोस्रो चरणमा प्रवेश गरेको हो ।
आयोजक टिम
निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा चतुरेका लागि सन्तोष लिम्बू, रोमन लावतीले गोल गर्दा महेश काफ्लेको प्रहार आयोजकका गोल रक्षकले बचाएको थियो ।
आयोजकका सुुयोग लिम्बू, पेहाङ लिम्बू, आयुस लिम्बू र युवाहाङ लिम्बूको प्रहार वाहिरिएको थियो ।
मेन अफ दी म्याच रोमन लावती(चतुरे)
यसअघि सन्तोष लिम्बूको गोलमा चतुरेले अग्रता बनाएको थियो । तर, अन्जान लिम्बूको गोलमा बरबरी गर्दै आयोजक खेलमा फर्किएको थियो ।
पहिलो खेलको मेन अफ दी म्याच चतुरेका रोमन लावती घोषित भए ।
ब्रदर्श युनाईटेड एफ.सी. टिम
यसैगरी आज नै भएको दोस्रो खेलमा ब्रदर्श युनाईटेड एफ.सी.लाई २–० गोल अन्तरले हराउँदै बेङडाँडा एफ.सी. दुधे दोस्रो चरणमा प्रवेश गरेको छ ।
दुधेको जितमा रोजिन कार्की, सेमियोल तामाङले एक एक गोल गरे । दोस्रो खेलको मेन अफ दी म्याच ब्रदर्श युनाईटेड एफ.सी.का सनम मगर घोषित भए ।
मेन अफ दी म्याच सनम मगर (ब्रदर्श युनाईटेड एफ.सी.)
प्रतियोगितामा भोलि(बिहिबार)बाट दोस्रो चरणका खेलहरु सुरु हुनेछ । भोलि अपरान्ह १ बजे एम.आर.सी. एफ.सी. र चतरे भेट्रान्सविच प्रतिस्पर्धा हुने र दिउँसो ३ बजे सिङफेरे एफ.सी. र बेङडाँडा एफ.सी. दुधेविच हुने खेलकुद प्रतियोगिताका आयोजक युथ अफ माङसेबुङका अध्यक्ष विवेक वनेम फागोले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् । उपविजेताले टिमले नगद २० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्राप्त गर्नेछन् ।
फ्यान अफ दी म्याच
महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको दोस्रो महागुरु फाल्गुनन्द कप फुटबल प्रतियोगिताको फाईनल खेल कातिक २५ गते हुनेछ ।