कातिक २२, काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार युएईको अजमनमा भएको खेलमा कुवेतलाई १०८ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै २२ रन मात्रै बनाउन सक्यो ।
कुवेतकी ओपनर जेफा जिलियानीले १२ रन बनाउनु बाहेक अन्यले कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
नेपालकी रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई विकेट लिदां पुजा महतो, करिष्मा गुरुङ र मनिषाकुमारी उपाध्ययले समान एक विकेट लिइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।
नेपालकी कप्तान पुजाले सर्वाधिक ३४ रन बनाउँदा ओपनर साना प्रभिनले २५ रन, ज्योत्सनिका मरासिनीले २३ रन र अलिशाकुमारी यादवले १५ रन बनाईन् । अन्यको प्रदर्शन राम्रो हुन सकेन ।
कुवेतकी इकवाल पेवेकरले सर्वाधिक दुई विकेट लिंदा जेफा र अमिषा रामले समान एक विकेट लिइन् ।
जितसँगै नेपालले दुई खेलबाट चार अंक पु¥याएको छ । पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो ।