आत्मानन्द गोल्ड कप : आज दमक भाङबारी र तिजोक पाँचथर भिड्दै - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्ड कप : आज दमक भाङबारी र तिजोक पाँचथर भिड्दै

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज दमक भाङबारी स्पोर्टिङ युथ क्लव, झापा र तिजोक युवा क्लव, पाँचथरबिच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी र तिजोक पाँचथर प्रतिस्पर्धा गर्न लागेको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

यसअघि हिजो बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली सिरीजङगा स्पोर्टिङ क्लब, मोरङबिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा फाइनलमा प्रवेश गरेको छ ।

दुधे भापाको जितमा राजेश दाहाल र प्रदिप बुढाथोकीले समान एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको खेलमा दुधेको दुवै गोल दोस्रोहाफमा सम्भव भएको थियो ।

खेलको ४३ औं मिनेटमा दुधे झापाले राजेश दाहालको गोलमा अग्रता बनाए । त्यसपछि खेलको ५७औं मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै २–० को जित दिलाए ।

खेलको मेन अफ दी म्याच दुधे झापाका निकेश श्रेष्ठ घोषित भए । उनले ट्रफी, मेडल र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा महासमारोह समितिको आयोजनामा आत्मापवित्र खेलकुद समितिको मुख्य संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा खेलको माध्यमबाट मनोरञ्जन र स्वास्थ्य जीवनका साथै किरात धर्मगुरुको शान्ति, एकता, मानवता र अहिंसाको सन्देश छर्न आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

सम्बन्धित खवर