एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ड्ससँग विराटनगर किङ्स पराजित - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ड्ससँग विराटनगर किङ्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ड्ससँग विराटनगर किङ्स पराजित भएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा जनकपुरसँग बिराटनगर आठ विकेटले पराजित भएको हो । जितसँगै जनकपुरले दुई अंक जोडेको छ । विराटनगरले भने हारबाट सुरुवात गरेको छ ।

विराटनगरले प्रस्तुत गरेको १२८ रनको सामान्य लक्ष्य जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाउँदै १३१ रन बनाएर पुरा गर्यो ।

जनकपुरका ओपनर तथा कप्तान अनिलकुमार साह पाँच र आसिफ शेख शून्य रनमै पेभिलियन फर्किएका थिए । तर, लाहिरू मिलान्थाले ५३ बलमा ९ चौका र तीन छक्कासहित अविजित ७५ रनको एकल इनिङ्स खेल्दै जनकपुरलाई जित दिलाए । यस्तै हर्ष ठाकेरले २९ रनको योगदान दिए ।

विराटनगरका क्रिस सोल र प्रतीश जिसीले समान एक विकेट लिनु बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो ।

विराटनगरका ओपनर लोकेश बम ६ रनमा आउट हुँदा अकिब इलियासले एक चौकासहित १५ रन बनाए ।

ओपनर मार्टिन गप्टिलसँग ४७ रनको साझेदारी गर्दै विराटनगरको इनिङ्सलाई उकास्ने प्रयास गरेका थिए। तर, नवौं ओभरको दोस्रो बलमा उनी मोहम्मद मोहसिनबाट एलबिडब्यु आउट भए।

आउट हुनुपूर्व उनले १८ बलमा एक चौकासहित १५ रन प्रहार गरे। उनी आउट भएसँगै विराटनगरले पुनः ब्याटिङमा संघर्ष गर्न थाल्यो। क्यानडाका कप्तान

निकोलस किर्टनले नौ रन बनाउँदा अर्का ओपनर मार्टिन गप्टिलले सर्वाधिक ५५ रनको अर्धशतकिय इनिङ्स खेले । यस्तै बसिर अहमद सात, राजेश पुलामी एक र प्रतीश दुई रनमा पेभिलियन फर्किदां कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखिया र क्रिस सोलको समेत ब्याट चल्न सकेन ।

जनकपुरका ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिंदा किशोर महतो र हर्ष ठाकरेको नाममा समान दुई विकेट रह्यो । यस्तै, मोहम्मद महसिन र बेन मिकेले समान एक विकेट लिए ।

भोलि आइतबार काठमाडौं गुर्खाज र चितवन राइनोजविच बिहान ९ः१५ बजे र जनकपुर बोल्ड्स र कर्णाली याक्सविच दिउँसो १ः१५ बजे हुनेछ ।

सम्बन्धित खवर