- विक्रम फागो वनेम
शुभारम्भ
जुन समय (२०६५) नालीफुङ्वा पान्जुम्भो/समितिको सांगठनिक विस्तार, भेटघाट र प्रशिक्षण कार्यक्रमहरुको कारण माङसेबुङ बाहिर थिएँ । र हदै अभ्यास्त बनेथें । त्यो समताक् अहिलेको जस्तो हात–हातमा मोबाइल थिएन । तथापी एकाध– दोकाधको हातहरुमा मोबाईलचेन् माङसेबुङमा नि ईन्ट्री मारी सकेथ्यो । भने शासके राजधानी काठमाडौतिरचाहिँ ६०–६३ को दशकतिरै युवापुस्ताहरु माँझ मोबाइल क्रेजको बाढी ह्वात्तै छिरेथ्यो । इयरफोनको साथमा एक्लाएक्लै गफिन्दैं हिडेंको, मस्केको रोमाञ्चक परिदृश्यहरु उसताक् राजधानीको गल्लीहरुमा देख्न पुग्दा सबैलाई बौलाएका हुन् की के हो ? भन्ने लाग्थ्यो, र त्यो मनो–भावबोधले खप्परमा कोईसनमार्क चिन्हले हथौडामारी रहन्थ्यो ।
अन्तः हामीहरु जस्तो निम्छरो भुईँ मान्छेहरुको हकमा मोबाईल हातमा हुने कुरो त परिकल्पना भित्र पनि जसको ठाँम् थिएन । जुन दूरीको हिसाबले त चन्द्रलोक भन्दा हजारौं कोष टाढा रहेथ्यो । त्यो बेला हामीहरुको मोबाईल÷सञ्चारसेट भनेकै धार्मिक संगठन बनेथ्यो । त्यहीँ संगठनको सदस्यगणहरु साथै शुभेच्छुक किरात धार्मिक अनुयायीहरु मार्फत नै हुलाक सेवा डाँकको अभिभारा दायित्व सुम्पनु पर्थ्यो । मतलव किरात धार्मिकस्थल माङसेबुङको संस्थागत कुनैपनि जानकारी/खबरहरु जो उनीहरुबाटै आदानप्रदान हुन्थ्यो । भन्नुपर्दा यताको उता र उताको यता, दोहोरो खबरहरु साटासाट् गर्ने गथ्र्यौं ।
अतः यस्तै समयमानै यो कलमी हस्ताक्षरचेन् लिम्बुवान धनकुटाको चौविसे गातिर नालीफुङवाको सांगठनिक क्रियाकलापतिरै अल्झेथे ं। उसवेला आफ्नो नेतृत्वकालको (२०६३–०६८) भर्खरै दुई बर्ष उमेर टेक्दैथ्यो । उसो त संगठनको पहिलो संस्थापक उपाध्यक्षको पदभार (२०५८– ०६३) भने यस अघिनै सम्हाली सकेथे । उतिखेर चौविसे माङ सेवासाबाहरुले खवर ल्याई पु¥यादिए । यसपटक पुजनीय धर्मगुरुज्यूको नुमाङगेन्ना सेवा/शुभ–जन्मोत्सव कार्यक्रममा विशेषः खेलकुद आयोजना गर्नुपर्ने भएकोले कार्यक्रमहरु स्थगन गरेर फर्कनु हुन्छ भन्ने खवर प्राप्त भो । आधिकारिक जो खवरचाहिँ तत्कालीन कार्यावाहक सचिव लाखमान खजुमजीले हुत्याई दिनु भाथ्यो । अन्तः कार्यक्रमहरु स्थगन गरेर तु–फर्किएँ ।
माङसेबुङ पुग्दा आफ्नो नालीफुङ्वाको कार्यालय टेबुलमा खेलकुद कार्यक्रम आयोजनाको संयोजनकारी जिम्मेवारी तोकको आधिकारिक परिपत्र माथ्लो निकाय माऊ संस्था माङगेना सेवा समितिले टक्राई सकेथ्यो । लाखमान जी अलिक हतास र चिन्तित् देखिनु हुन्थ्यो । जुन थाप्लोमा आईपरेको जिम्मेवारी अभिभारा पूरा गर्ने समयावधि पूरापुर २०–२२ दिन भन्दा पर थिएन । कात्तिक मर्दै थ्यो । मंसिर लाग्दोथ्यो । जुन घेराबन्दी समयावधि भित्र खेलकुद कार्यक्रम आयोजनानै सु–सम्पन्न गरिसक्नुपर्ने दायित्व थाप्लोमा परेथ्यो । जसको जिम्मेवारीबोध र भारहरुले क्लान्त र चिन्ताले किंकर्तब्यविमुढ्मा देखिनु लाखमान जीको हकमा भने सोर्हैआना मुनासिफ नै थियो । माऊ संस्थाको उक्त अभिभारा तोक् परिपत्र हेरिसकेसी आफू नि तीनदाङ भएँ र विलखबन्दमा परें । खेलकुद त वहीँ फुटबल मात्रै होला भन्ने लागेथ्यो । गाँठे, खेलकुद आयोजना गर्नुपर्ने खेलकुदहरुको नामावली सूची विवरण पेश हेर्दा, जो कर्णाली नदीको झोलुङगे पुल भन्दा नि लामो लागेथ्यो बरै..!
गुरुज्यूको शुभ–जन्मोत्सवसँग जोडिएको खेलकुदसँग सुईट्यावल सव–टाईटल/शीर्षक नाम के जुराउँन सकिएला ? भन्ने नि हामीहरु माझ सकस् परिराथ्यो । विविध/विभिन्न खेलकुदहरुको बथानभित्र फुटबल खेल उसै नि पहिलो प्राथमिकता प्रिय छँदैंथ्यो । मात्र उक्त खेललाई पुज्य गुरुज्यूको मिङ ओ/नामसँग कसरी जोडेर फुटबलसँगको नियामवली कार्यनीनि तयार गर्ने होला ? भन्नेमा खप्परलाई लामो समयसम्मको सोधनीमा खर्च गरेयौं । अन्ततः श्री आत्मानन्द फुटबल रनिङ गोल्डकप भन्ने शीर्षक/टाउको नाम राख्ने सहमत गर्यौं । यो टाउकाको न्वाउराँन जुराउँन उसबेला लाखमान जी, टेकवीर योङहाङ, मनकुमार आङबुहाङ, मनोज शिवाकोटी लगायत शुभेच्छुक साथीभाईहरु थिए ।
उक्त नेमलिष्ट सूचीमा झण्डैं दुई दर्जनबढी खेलकुदहरुको नामहरु आँखै तिर्मिराउँने गरीको उटुसपुटुस् देखिन्थे÷थिए । जहाँ खेलकुदसँगै सांस्कृतिक विधाका पराम्परागत मौलिक लोक संस्कृतिको गीतिभाका र बाजागाजाहरुलाई पनि प्रतियोगिताको रूपमा राखिएको थियो । फरक–फरक विधामा ट्याग् देखिएको नामधारी खेलकुदको बाः चाङनै चाङ देखिन्दो र थुप्रन्दो थियो । जस्तो की खेलकुद तर्फ, फुटबल, हाईजम्प, लङ्जम्प, पक्लुङ लेप्मा÷छेलो हान्ने, ली–तोङ/धनुकाँड, म्याराथन दौड (५.कि.मी.), हाँडी फुटाउँने, डोरी लठ्ठा तान्ने,चम्चामा गुच्छा अड्याउँने दौड, गोटी खेल्ने आदी इत्यादी खेलहरु थिए भने, सांस्कृतिक विधाहरुतर्फ पाःलाम, हाक्पारे, ख्याली, यारीछाम्, केःलाङ, माङ्लाङ, विनायो, मुर्चुङगा, टुङगुना बजाउँने, आगो निकाल्ने र प्रयोग गर्ने तरिकाबारे आदि इत्यादीहरु समाबेश थिए । अतः यी सबै प्रतिस्पर्धात्मक अन्तर्गत प्रतियोगितात्मक लय/फ्रेममा थिए ।
अत एवः खेलकुदका विधाहरु छुट्याउँदै एक–एक गरिकनको सम्बद्ध प्रतियोगीताहरुको निर्णायक/जर्ज गर्नेसक्ने त्यस्ता न्यायिक सम्पादन गर्ने ब्यक्तित्वहरुको नेमलिष्टहरु तयार पार्दै सेड्युलहरु तयार गर्न थाल्यौं । हरेक विधागत प्रतियोगिताको उप–समिति संयोजकहरु तोक् लगाउँदै जिम्मेवारी बहन गर्न दिएँथ्यौं । सो अनुरुप सम्पूर्ण विभिन्न विधागत खेलकुदहरु प्लेटफर्म लिगमा चल्न भने सहज बनेथ्यो/भएथ्यो । अबः आफै सोचौं की यति धेरै प्रतियोगीताहरुको चाङलाई कसरी ब्यबस्थापन गरी त्यो छोटो समयावधी भित्र खेलकुद सञ्चालन गर्न सम्भव भो होला के । अहिले त दिनहरु सम्झन्दै गर्दा नि कस्तो–कस्तो लाग्छ के । जति सम्झ्यो उति–उति ज्यान दुखेजस्तो हुने । कति आत्मा विर्हलताले उदास हुन खोज्छ र झझल्कोको फिलिङगो यादहरुले आँखाभरी त्यसको छायाँ तस्वीरहरु कुटुक्कै ज्यानै खानेगरी जस्तो उनिन आउँछन् हाउ । यसो सम्झन्छु, जुन त्यो कार्यक्रमहरु सु–सम्पन्न गर्दाखेरि झन् कति गार्हो भाथ्यो होला ? जसको बयाँन र टिकाटिप्पणीहरु गरी साध्यनै छैन् । जति उप्कायो त्यतिनै त्यसको भोगाई कर्मको दर्पण छायाँहरुले आँतक मच्चाए झैं, उस बेलाको श्यामश्वेत्–तस्वीरहरु झीर बनेर यो मानसपट्लमा डाम्न आइदिए जस्तो एहेशास हुने रछ हाउ ।
गुरुज्यूको मिङसो ओ/नाममा, फुटबल खेल र ऐतिहासिक रेकर्ड
माऊ संस्थाले खेलकुद कार्यक्रम सञ्चालन गर्ने तोक सहितको अग्राधिकारचेन् दियो । तर त्यसको तयारी, खेलकुदको सवटाईट्ल/शीर्षक मुल–टाउको के राख्ने ? भन्ने कुनै चासो, चिन्ता र छलफल/बहसको निकास बिनै जबर्जस्त एक्कासी झैं जिम्मेवारी दिइएको थियो । गुरुज्यूको शुभ–जन्मोत्सवसँग जोडिएको खेलकुदसँग सुईट्यावल सव–टाईटल/शीर्षक नाम के जुराउँन सकिएला ? भन्ने नि हामीहरु माझ सकस् परिराथ्यो । विविध/विभिन्न खेलकुदहरुको बथानभित्र फुटबल खेल उसै नि पहिलो प्राथमिकता प्रिय छँदैंथ्यो । मात्र उक्त खेललाई पुज्य गुरुज्यूको मिङ ओ/नामसँग कसरी जोडेर फुटबलसँगको नियामवली कार्यनीनि तयार गर्ने होला ? भन्नेमा खप्परलाई लामो समयसम्मको सोधनीमा खर्च गरेयौं । अन्ततः श्री आत्मानन्द फुटबल रनिङ गोल्डकप भन्ने शीर्षक/टाउको नाम राख्ने सहमत गर्यौं । यो टाउकाको न्वाउराँन जुराउँन उसबेला लाखमान जी, टेकवीर योङहाङ, मनकुमार आङबुहाङ, मनोज शिवाकोटी लगायत शुभेच्छुक साथीभाईहरु थिए ।
खेलकुद कार्यक्रम आयोजना गर्दाताकसम्म दिलोज्यान दिएर यी साथीहरुले सहयोगको ऋण र गुण दुवै लगाएथे । टेकवीर जी, तत्कालीन किरात साम्यो साक्थिम्गेन पान्जुम्भोको अध्यक्ष हुनुहुन्थ्यो । मनकुमार जी, नालीफुङ्वाको पुर्व–संस्थापक सदस्य थिए । उनले तत्कालीन नालीफुङ्वा समितिकै कार्यकारी सदस्यहरु कै हकमा जसो काँध हाल्नु भाथ्यो । अत एवः स्मरणमा उन्नुपर्दाचेन्, उनी हिजोदेखिन् अहिलेतकसम्म प्रस्तुत खेलकुदको स्वयम् आफैले नै निरन्तर नेतृत्व दिँदैं वर्तमान यहाँसम्म आईपुग्नु भा छ । र उस्तै जो खेलकुदलाई पनि वर्तमान अहिले यहाँसम्म ल्याई पुर्याउँनु भएको छ । त्यस्तै मनोजजी स्वस्थ्यकर्मी सेवक हुनुहुन्छ । स्वस्थ्य सेवा मार्फत सम्बद्ध धार्मिक क्षेत्रमा वहाँको अतुलनीय योगदान रहिआएको छ ।
सो खेलकुद आयोजनामा वहाँ आफै पनि मुल आयोजक समितिको कार्यकारी सदस्य कै रूपमा काँध हाली दिनु भाथ्यो । वहाँ, अझै नि सम्बद्ध खेलकुदसँग मनकुमार जीसँगै निरन्तर जोडिनु भा छ । फिरः त्यो उसदिनको पल÷क्षणहरु सम्झन्छु र एकपटक यी सहयोगी शुभेच्छुक साथीहरुलाई उस्तै हार्दिक आभार, नमन औं कृतज्ञता प्रकट गर्न यसै कलमी हस्ताक्षर मार्फत दिन मन लागेको छ/हो । अतः भन्नुपर्दा श्री आत्मानन्द फुटबल रनिङ गोल्डकप खेलकुद सम्बन्धिको तत्कालै नियामवली आचारसंहिताहरु केही पनि कार्यनीति तर्जुमाहरु गर्न सकिएन । जो यी सबै विधिवत प्रकृयाहरुद्वारा सञ्चालन गर्न त एकरत्ति समय नि थिएन । जसको कारण अलिखित सम्बोधन मार्फत आदेशात्मक कार्यनीतिहरु अख्तियार गर्यौं र तत्कालीन सहभागी खेलाडी र क्लबहरुलाई भैपरी आउँने अविलम्ब अख्तियारीको लागि दस्तखत गर्न गराउँन २, ४ वटा नियामवली आचारसंहिताहरु निर्माण गर्यौ ं। सोही नियामवली अनुरुप नि खेलकुद आयोजना गर्ने भनि सहमतिमा एकसाथ जुट्यौं र जसै खेलकुद कार्यक्रम सफल पार्ने साहस र उर्जाहरु बटुल्दै गएथ्यौं ।
खेलकुद संयोजन, मिति तोक् र सञ्चालन विधि
अन्तः खेलकुद आयोजना गर्ने आँट र साहस त बटुल्यौ । अफसोंच दिनगन्तीहरु गन्दा समय कति नि बाँकी थिएन । कार्यक्रमको मुल–आयोजक त माऊ संस्था छँदैंथ्यो । उसले लु–गर, हामीहरु छौं, भनेर सम्बोधन वल गरेनन् । जिम्मा सुम्पेपछिचेन् बरु लौ ज्याःगर है, भनेजस्तो भाव प्रकटहरु देखिएको थियो । त्यैपनि उक्त खेलकुद सञ्चालनको मुख्य–संयोजन गर्न सिंगो नालीफुङ्वा पान्जुम्भोलाई दिएको हो । त्यसको आफू नेतृत्वकर्ता भएको हैसियतले संयोजक गर्न पदभार भने आफ्नै थाप्लोमा परेथ्यो । उसवेला सिंगो नालीफुङ्वा पान्जुम्भोको केन्द्रमा कार्यभारहरुको बोझहरु बोक्ने सिर्फ हामीहरु दुई प्राणीहरु यहीँ बबुरो कलमी ज्यान र लाखमानजी मात्र थियौं । बाँकी अन्य पदाधिकारी एवं सदस्यगणहरु जिम्मेवारी वहन गर्नुभन्दा पर थिएथे । भन्नुपर्दा उनीहरुले मेन्जो एक बर्ष जसोतसो संस्थाको जिम्मेवारी ग्रहण र कामकाज गरिदिए र स्वेच्छिक निस्कृयता देखाए ।
गुरु आश्रमबाट भने खेल मैदान र लोकेसन क्षेत्रको जानकारी आईसके थियो । जुन औंल्याईएको त्यो पूर्व तयारी अवस्थामा रहेको खेल मैदान भने रत्तिभर थिएन । त्यो एउटा सिंगो खेतबारी थियो । जो तत्कालै तयारी र निर्माण गर्नसके खेल मैदान बन्न सक्छ भन्ने एउटा आशावादी आधार मात्र रहेथ्यो । पुजनीय गुरुज्युले भावी खेलकुद रंगशालाको लागि सहज र उचित हुने लोकेसन क्षेत्र उहिल्यै हेरिसक्नु भा रछ । त्यो सघन खेल मैदान हुनेचेन् मनिपुर गाउँको दक्षिण भु–भाग र मझुवा गाउँको ओपोजिट पश्चिम् दिशामा अवस्थित चनौटे खेतवारी भन्ने’ जग्गा रछ । जहाँ खेलकुद सञ्चालक आयोजक बनेको हामीहरुको टोलीले सो लोकेसन क्षेत्र हेर्न र बुझ्न गएँथ्यौं । ओ हो..! उक्त चनौंटे खेतबारी त साच्चिकै नेचुरल्ली खेल मैदान जस्तै रंगशाला विस्तारको रूपमा प्रतीक्षारत लम्पट् देखिन जान्थ्यो । गुरुज्युले उहिल्यै रोज्नु भएको खेल मैदान त प्रकृति आफैले निर्माण गरेको कुनै आधुनिक प्रविधि विकास योजनाले बनाईएको स्टुडियम् हलहरु भन्दा सायदै कमै देखिन्दो होलान् ।
परन्तुः अन्य कार्यहरु बाँडफाँडमा पछिल्लो पुस्ताका तन्नेरी युवा भाईबहिनीहरुले अघोरै सहयोग गर्न सघाए । जो नालीफुङ्वा पान्जुम्भोको तेस्रो कार्यकालमा आफैसँग गज्जवले स–सम्मान आधिकारिक रूपमा संस्थाको तेश्रो महाधिवबेशन मार्फत जोडिन आई पुगेथे/हुन् । फलतः कार्यक्रम आयोजनाको मिति तोक् गर्न नि उस्तै आतुर र चिन्ताग्रस्त भईरहेथ्यौं । लाखमानजीले पात्रो हेर्नु भो र धर्मगुरुज्युको मंसिर १८ गते नुमाङगेन्ना सेवा/शुभ–जन्मोत्सव सम्पन्न हुनु दुई दिन अघि यता विधिवत रूपमा सु–सम्पन्न गरीसक्ने गरीको शुभमुर्हत साईत हेर्नु पर्नेथ्यो । वहाँले मंसीर ८ र ९ गतेको शुभ–साईत मिति तोक गरौं भन्ने प्रस्ताव राख्नु भो र, त्यसैलाई सदर अनुमोदन गर्यौं । पहिलो चरणको शुभमुर्हत विविध अन्य खेलकुद र सांस्कृतिक विधाहरुको प्रतियोगीहरुको गर्ने र त्यसको भोलिपल्ट मंसिर ९ गतेचेन् श्री आत्मानन्द फुटबल रनिङ गोल्डकपको शुभमुहुर्त गरौं भन्ने फिक्स् शुभ–साईत जुराएको हो/थियौं । स्मरण रहोस् की, अन्ततः आत्मानन्द गोल्डकप विशेषः नामले अहिलेसम्म यहीँ शुभमुर्हत गरेको/शुभ–साईत जुराईएको मिति तोक् गरिएको हरेक मंसिर ९ गतेको दिन मै फुटबल खेल आयोजनाहरु हुँदै आइरहेको सर्वविदितै छँदैंछ ।
रंगशाला/मैदानको अभाव र प्राप्तिको संघर्ष
पुनश्चः खेलकुद कार्यक्रम आयोजना गर्ने/हुने, अनि फुटबल खेलको मुख्य सव–टाईट्ल/टाउकाको नाम नि जुराईयो । खेल शुभराम्भ गरिने शुभ साईत मिति तोक् नि गरिसकियो । विडम्बनाचेन् खेलकुदको लागि प्रयोग गरिने रंगशाला र त्यसको फिक्स् लोकेसन क्षेत्र यहीँ हुने भनेर यकिन् तय नै भइसकेको थिएन । जुन खेल मैदानको उस्तै सकस् र नेक्सायोम्मा भईराथ्यो । यो कथनले एकताका आफ्नो विद्यार्थीकालमा ८ कक्षा पढ्दै गर्दा, रेड्क्रस जुनियर संस्थाको संयोजक बनाएथें/थिएँ । जसको सहयोगार्थ स्कूलमा मह (मदनकृष्ण श्रेष्ठ, हरिबंश आचर्य) जोडिको भिडियो फिल्म महको–१५ गते भन्ने च्यारेटी शो गरेका थियौं र जुन हेरेको खुब याद आई रहेथ्यो । फिल्ममा बेहुला हुन खोज्ने (हरीबंश) आफैँले विहेको शुभ–साईत १५ गते मिति तोक् फिक्स गर्छन् । निम्तो–पत्र नि प्रेसमा छाप्छ, र आफन्तजन, शुभेच्छुक लगायत छरछिमेकीहरु सबैलाई आफैले बाँडीपनि सक्छन । अनि यता घरमा आएर बुवाआमालाई भन्छ मैंले त बिहेको निम्तो–पत्रहरु १५ गतेलाई, बेहुलीको नाम र ठेगाना छाप्नै नपर्नेगरी छापें र बाँडी नि सकें भन्छ । उसको बुवाआमा तीनदाङ हुन्छ र १५ गतेको नयाँ दुलही भित्र्याउँन गाउँघर भरी खोजीमा निस्कन्छन् । बल्लतल्ल बेहुली त पाउँन सक्छन्,तर दुर्भाग्य बिहेकै दिन १५ गतेचेन् शहरबाट दुर–गाउँको दुलही लिन जान बाटोहरुमा भोगेको अनेकन बाधा–अड्चनहरुको कारण समय मै उनेरुँ पुग्न सक्दैनन् । जसको कारण दुलही मिलाई दिने पण्डित, बेहुला र उसको बुवाआमाहरुले कहीँ नपाउँनुको दुःख सास्तीको झमेलाहरु बेहोर्न पुग्छन् । ठीक् त्यस्तै अवस्थाको सिर्जनाहरुबाट हामीहरु नि गुज्रन्दै थियौं । त्यहीँ मानेमा सो त्यो फिल्मको बहुत यादहरु आएको हो । बेहुली नै नमागीकन,पहिल्यै बिहेको शुभ–साईत–१५ गते तोक्नु र रंगशाला/खेल मैदाननै नभईकन खेलकुद आयोजना गर्नु र शुभ–साईत मिति तोक् अघि नै सार्वजनिक गर्नुले उस्तै बाधा– अड्चन र उल्झनहरु भोग्न पुगेका थियौं, कठै..!
अत एवः गुरु आश्रमबाट भने खेल मैदान र लोकेसन क्षेत्रको जानकारी आईसके थियो । जुन औंल्याईएको त्यो पूर्व तयारी अवस्थामा रहेको खेल मैदान भने रत्तिभर थिएन । त्यो एउटा सिंगो खेतबारी थियो । जो तत्कालै तयारी र निर्माण गर्नसके खेल मैदान बन्न सक्छ भन्ने एउटा आशावादी आधार मात्र रहेथ्यो । पुजनीय गुरुज्युले भावी खेलकुद रंगशालाको लागि सहज र उचित हुने लोकेसन क्षेत्र उहिल्यै हेरिसक्नु भा रछ । त्यो सघन खेल मैदान हुनेचेन् मनिपुर गाउँको दक्षिण भु–भाग र मझुवा गाउँको ओपोजिट पश्चिम् दिशामा अवस्थित चनौटे खेतवारी भन्ने’ जग्गा रछ । जहाँ खेलकुद सञ्चालक आयोजक बनेको हामीहरुको टोलीले सो लोकेसन क्षेत्र हेर्न र बुझ्न गएँथ्यौं । ओ हो..! उक्त चनौंटे खेतबारी त साच्चिकै नेचुरल्ली खेल मैदान जस्तै रंगशाला विस्तारको रूपमा प्रतीक्षारत लम्पट् देखिन जान्थ्यो । गुरुज्युले उहिल्यै रोज्नु भएको खेल मैदान त प्रकृति आफैले निर्माण गरेको कुनै आधुनिक प्रविधि विकास योजनाले बनाईएको स्टुडियम् हलहरु भन्दा सायदै कमै देखिन्दो होलान् । कान्लै– कान्लाहरुको सेरोफेरोबीच वरिपरि गरैगराहरु रछन् । जुन कान्ला र गराहरुचेन् आम–दर्शक बस्न सक्ने प्याराफिट् जस्तो लाग्ने/देखिने रछ । कस्तो सुन्दर प्राकृतिक भुगोलभित्र बशीभुत बनेको देखिएको हो । जुन साच्चिकै रंगशालाको हकमा निर्माण गर्नुपर्दा, एउटा लोभलाग्दो स्टुडियम् हलको रूपमा ऐतिहासिक स्तम्भ ठडिन सक्थ्यो । अफसोंचः उसबेला तत्कालीन खेल मैदानको रूपमा प्रयोग गर्न मात्रै नि,उस्तै कठिन् अवस्थामा गुज्री रहेको वेला, स्टुडियम् हल निर्माणको परिकल्पना तत्काललाई भने दुर की बात थ्यो । तथापी चीरकालिन भविश्य निर्माणको लागि भने पुज्य गुरुज्युको सदिच्छा अनुरुपको ड्रीम प्रोजेक्ट त यथार्थ त्यहीँ थ्यो,र हो ।
अब देखिनको फुटबल खेल मैदान मनिपुर–मझुवा गाउँकोञचनौंटेबारीझ रे,भन्ने एकान–दोकान हल्ला चल्यो । त्यहीँ हल्लाहरुकोवीच,चनौंटेवारीको खेतधनीले गर्धन काटेपनि खेल्न नदिने रे,भन्ने हामेरुँ आयोजक समिति कहाँ नि अरे र भरेको हल्लाहरु आईपुग्यो । उक्त खेल मैदान तोक् लागेको खेत÷जग्गा हेर्न त गएका थियौं,तर त्यसको जग्गाधनीसंग अनुमती स्वीकृतीको लागी दोहोरो संबाद गर्नजान बाँकी नै थ्यो । त्यसको तयारीको लागी बार्ता÷संबाद समिति चयन गर्दै थियौं । परन्तुः त्यस्तो अकाट्य नमिठो कुरा सुनेंसी, सम्बद्ध हामेरुँ आफै जग्गाधनी भेट्न गयौं । पुज्य गुरुज्युको नुमाङगेन्ना सेवा विशेषःवहाँको मिङ्सो ओ,यसपटक देखि फुट्बल खेल खेलाउँन शुरु गर्नेबारे वेलिविस्तार राख्यौं । गर्धन काटोस्,मर्न तयार छु भन्ने ? जग्गाधनी आदरणीय ब्याक्तित्व प्रसादसिं योङहाङ(८३ बर्ष) ज्युले, हार्दिक सम्मानका साथ पुज्य गुरुज्युको मिङ्सो/नाममा खेलकुद राख्ने विषय प्रसंगले गुरुज्युप्रति अगाध श्रद्वा प्रकट पोख्नु हुदैं, सहर्ष स्वीकृति प्रदान गरीदिनु भएथ्यो । वहाँको मञ्जुरीमा खेतबारी प्रयोग गर्ने हकमाचेन् धानवालीहरु आफै उठाउँने, बिगो,हर्जना र खेतजग्गा प्रयोग गरेबापत केहीपनि रकम–कलमहरु नलिने सम्बोधन निर्णय गर्नु भो । बरु पछी असारको धान रोप्ने समयमा भत्काईएका खेतका आलीहरु भने पुनःआलीहरुचेन् जस्ताको तस्तै बनाईदिन सहयोग माग्नु भो । बस्, वहाँको दिलदार उद्वारमनलाई अन्तर– हृदयबाटै अगाध भारी श्रद्वाका साथ नमन औं आभार ब्याक्त गर्यौं । यथार्थमा जग्गा/खेतलाई खेल मैदानको रूपमा प्रयोग गर्ने,र सदाको खातीर कब्जा या नियन्त्रणमा लिने,भन्ने खालको गलत प्रचार–अनि मिथ्या भ्रमहरु सुनाईएको र फगत बुझेको कारण, वहाँको त्यस्तो अभिव्यक्तिहरु आएको हो,र थ्यो।स्मरण रहोस् ,श्रद्वेय उनै ब्याक्तित्व(स्व.प्रसादसिं योङहाङ) आज ईतिहासमा समाधिस्थ विस्मृत वनि सक्नु भएको छ । अपितुःहार्दिक कदर औं सम्मानार्थ माल्यपर्णले एकमुठ्ठी श्वास छदांताक् नै चीर स्मरणीय अगाध श्रद्वा स्वरुप भारी सम्मान गर्नु पर्थ्यो।दुर्भाग्य सम्बद्ध माऊ संस्था लगायत खेलकुद आयोजक समितिले यसतर्फ एकरत्ति ध्यानाकर्षण गर्न सकेनन् । किन्तुःज्युँदो छदां त सम्झन सकिएन रे,भन्न र गर्न भ्याईन रे लौ,तर कम्तिमा वहाँले गरेको÷लगाएको औधी गुन र सहयोगको गुणकारी सेवा त भुल्न र मार्न त सकिन्न होला नि?जो मार्न र मास्न खोजेपनि ईतिहास बनेसी त्यो कसैले न मार्न,न मास्न नै सक्नेछन् । अनि के त,वहाँको मरोणोप्रान्तपछी पनि हार्दिक सम्मान गर्न सकिन्न र ? यो मानेमाचेन् उस्तै बढो विस्मतमयी अफसोंच र भारी दुःख लागेको छ । अन्तःफेरि भन्नुहोला, कारोबार लेनदेन् फल्नाहरुले गर्ने, त्यसको किस्ता र ब्याज हाम्ले बुझाई दिनुपर्ने?आरे..! हाम्लाई के बाल?भन्ने पो कतै लाग्ला की?जे होस् वहाँले गर्नुभएको उद्वार सेवा सहयोगको ऐतिहासिक दस्तावेजीकरणमा कैद बनि सकेको छ । सम्माननीय ब्याक्तित्व, स्व.प्रसादसिं योङहाङ ज्युप्रति अगाध श्रद्वा सुमन ब्याक्त गर्दछु/छौं ।
बाँकी अर्को अंकमा…
(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको मंसिर अंकमा प्रकाशित लेख हो)