
झापा । विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौं एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा भएको खेलमा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपिएफको जितमा रश्मि रश्मिकुमारी घिसिङले ह्याट्रिक गोल गरिन् । यस्तै अनिता बस्नेतले २, सविता राना मगर र अनिता केसीले १–१ गोल गरिन् ।
खेलकी प्लेयर अफ द म्याच रश्मि घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
भोलि हुने तेस्रो क्वार्टर फाइनलमा संकटा फुबटल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।







