इलाम । आयोजक रेडहर्ष फुटबल क्लब इलाम सदरमुकाममा आजबाट सुरु भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा ‘ए’ डिभिजन क्लब काठमाडौको सकङ्कटा क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आयोजकले बाजी मार्यो ।
खेलमा विजेता आयोजकका गोलरक्षक बिबेक मगर म्यान अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।
आइतबार काठमाडौको न्युरोड टिम (एनआरटी) र भारतको जीटीए–११ दार्जीलिङबिच खेल हुनेछ ।
मङ्सिर २९ गतेसम्म सञ्चालन हुने गोल्डकपो विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँचलसहित पदक र प्रमाणपत्र पाउनेछन् ।