काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले सोमबार पूजा महतोको कप्तानीमा १५ सदस्सीय एसिया कप खेल्ने टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानी सोनी पाख्रिनले गर्नेछिन् ।
टोलीमा नेपाललाई विश्वकपमा पु¥याएका अधिकांश खेलाडीले नै निरन्तरता पाएका छन् ।
नेपाल रहेको समूहमा भारत र पाकिस्तान छन् । नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसको भोलिपल्ट नै भारतसँग खेल्ने तय छ ।
नेपाली टोली
पूजा महतो, सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत ।