इलाम । चर्ज बोइज युनाइटेट इलाममा जारी दोस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम रेडहर्सलाई १–० ले हराउँदै चर्च बोइज फाइनलमा प्रवेश गरेको हो ।
चर्च बोइज उपाधि नजिक पुग्न समिर तामाङको एकमात्र गोल निर्णयक बन्यो । उनले दोस्रो हाफमा थपिएको समयमा हेडमार्फत गोल गरे ।
चर्चले उपाधिको लागि डिफेन्डिङ च्याम्पियन एनआरटी र न्यु स्टार झापाबीचको विजेतासँग खेल्ने छ ।