लगातार दोस्रो पटक इलाम गोल्डकपको उपाधि एनआरटीलाई - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लगातार दोस्रो पटक इलाम गोल्डकपको उपाधि एनआरटीलाई

इलाम । साविक विजेता टिम एनआरटीले नै दोस्रो एनआरएनए इलाम गोल्डकपको उपाधि चुमेको छ ।

रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाममा शनिबार भएको उपाधि भिडन्तमा शहीद स्मारक ए डिभिजन लिग विजेता चर्च बोइजलाई ३–० गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधि चुमेको हो ।

एनआरटीको जितमा अञ्जान विष्टले २ तथा नेमारले एक गोल गरे । खेलको २५औं मिनेटमा नेमारले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ५७ औं मिनेटमा पेनल्टी मार्फत अञ्जानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ६४औं मिनेटमा अञ्जानले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित दिलाए ।

उपाधिसँगै एनआरटीले नगद पुरस्कार १० लाख को साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेतामा चित्त बुझाएको चर्च बोइजले नगद पुरस्कार पाँच लाखको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सम्बन्धित खवर