एसीसी यू–१९ महिला एसिया कपमा पाकिस्तानमाथि नेपालको सानदार जित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी यू–१९ महिला एसिया कपमा पाकिस्तानमाथि नेपालको सानदार जित

माङसेबुङ । नेपालले मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा पाकिस्तानमाथि सानदार जित निकालेको छ । । जितसँगै नेपाल सुपर फोरमा प्रवेश गरेको छ ।

एसीसी यू–१९ महिला एसिया कपमा आज भएको खेलमा पूजा महतोको कप्तानी इनिङ्समा नेपालले पाकिस्तानलाई ६ विकेटले हराउँदै सानदार जित निकालेको हो ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । यस्तै सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

पाकिस्तानका लागि फतिमा र कुरातुलाइनले समान एक विकेट लिइन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो ।

पाकिस्तानकी ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाउँदा मध्यक्रमकी महम अनिसले २९ रन, रवैल फरहानले १३ रन र कप्तान जोफिसान अय्याजले १२ रन बनाइन् ।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिंदा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमना केसीेले समान एक विकेट लिइन् ।

नेपालले भोलि मंगलबार भारतसँग खेल्ने छ ।

सम्बन्धित खवर