एसीसी महिला यू–१९ एसिया कपमा नेपाल समूह उपविजेता, भारतसँग अंक बाँड्यो - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी महिला यू–१९ एसिया कपमा नेपाल समूह उपविजेता, भारतसँग अंक बाँड्यो

माङसेबुङ । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटमा नेपाल समूहको उप विजेता बन्दै सुपर फोरमा प्रवेश गरेको छ ।

नेपालले दोस्रो खेलमा भारतसँग अंक बाँडेपनि नेट रनरेटका आधारमा नेपाल उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको हो ।

वर्षाले खेल रोकिपछि नेपालले भारतसँग अंक बाँडेका हुन् । भारत र नेपालले समूहबाट समान तीन तीन अंक बटुलेका छन् । पाकिस्तान अंक विहीन भएर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले अब सुपर फोरमा आगामी बिहीबार श्रीलंकासँग र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

सम्बन्धित खवर