सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुदूरपश्चिम रोयल्स एनपिएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायर १ मा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।

जनकपुरले फाइनल प्रवेश गर्न क्वालिफायर २ मा अब कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै क्वालिफायर २ मा स्थान बनाएको थियो ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले आठ बल बाँकी रहँदा दुई विकेट गुमाएर पुरा गर्यो ।

सुदूरपश्चिमका विनोदले अविजित रहँदै सर्वाधिक ५८ रन बनाउदा कप्तान दीपेन्द्र २० रनमा अविजित रहे । यस्तै सैफ जैबले ३२ रन र ब्रान्डन म्याकमुलनले २५ रन बनाए ।

जनकपुरका लागि ललितनारायण राजवंशी र किशोर महतोले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

जनकपुरका लागि जिमी निसमले सर्वार्धिक ४५ रन बनाउँदा लाहिरु मिलान्थाले १२ रन, आसिफ शेखले ११ रन, शुभ कांशकारले २६ रन, हर्ष ठाकरेले १२ रन, र अरनिको यादवले ११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका दीपेन्द्र सुंह ऐरीले तीन विकेट लिंदा सैफले दुई र स्कट कुग्लेनले एक विकेट लिए ।

सम्बन्धित खवर