पान्थर । फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आगामी पुस ६ गते देखि सुरु हुने भएको छ ।
पान्थरको फिदिम बजारमा पुस ६ गते देखि सुरु हुने ११औँ संस्करणको फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिता पुस १५ गते सम्म सञ्चाला हुनेछ ।
प्रतियोगितामा ए डिभिजनका ४ वटा क्लव सहित १० टिमको सहभागिता रहनेछ । जसमा चर्च व्वाइज युनाइटेड, न्युरोड क्लव(एनआरटी) काठमाण्डौ, मछिन्द्र क्लव काठमाण्डौ, त्रिभुवन आर्मी क्लव काठमाण्डौ, चित्लाङ क्लव काठमाण्डौ, विराटनगर सिटी फुटवल क्लव मोरङ, सहलेस युवा क्लव सिराहा, न्यु स्टार क्लव सुनसरी, झापा एघार फुटबल क्लव, झापा र आयोजक फिदिम स्पोर्टिङ क्लव सहभागी हुने आयोजकले जनाएको छ ।
फिदिम स्पोर्टिङ क्लवको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैँया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै उप विजेताले ५ लाख ५ सय ५५ रुपैँया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।