जनकपुर एनपिएलको उपाधिनजिक, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जनकपुर एनपिएलको उपाधिनजिक, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने

काठमाडौं । कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिनजिक पुगेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको क्वालिफायर २ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो ।

सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै जनकपुरसँगको भेट पक्का गरेको थियो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले अन्तिम ६ बल अगाडि नै आठ विकेट गुमाउँदै पूरा गरेको हो ।

जनकपुरको जितमा न्युजिल्यान्डका ब्याटर जिमी निसमले आक्रामक ब्याटिङ गर्दै ४५ रन बनाइ । यस्तै ओपनर शुभ कंशाकारले ३ रन, कप्तान आसिफ शेखले ४ रन, लाहिरु मिलान्थाले २ रन, आकाश त्रिपाठीले १३ रन बनाउँदा हर्ष ठाकर १७ रनमा आउट भए । तर, शेर मल्ले अविजित १६ रनको योगदान दिँदै जनकपुरलाई फाइनल पु¥याए ।

कर्णालीका विपिन शर्माले सर्वाधिक ३ विकेट लिंदा सोमपाल कामी, विलिम बसिस्टो र जिशान मक्शूदले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११८ रन मात्र बनायो ।

कर्णालीका लागि गुल्शनकुमार झाले २५ रन बनाउँदा ओपनर देव खनालले २४ रन, विलियम बसिस्टोले १४ रन, जिशन मक्शूद र युनिस ठकुरीले समान १२ रन र चाड्विक वाल्टन ११ ले बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

जनकपुरका ललितनरायण राजवंशी, जिमी निसम र मोहम्मद मोहसिनले समान दुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले भने समान एक विकेट लिए ।

सम्बन्धित खवर