एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई, पायो १ करोड १० लाख - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई, पायो १ करोड १० लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले चुमेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले उपाधि चुमेको हो ।

उपाधि चुमेसँगै जनकपुर बोल्ट्सले एक करोड १० लाख हात पारेको छ । यो नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । यता, उपविजेता बनेका सुदूरपश्चिमले भने ५१ लाख रुपैयाँमा चित्त बुझायो ।

प्लेयर अफ दि टुर्नामेण्ट

एनपिएलको प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारेका छन् । उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।

सर्वोत्कृष्ट खेलाडी

एनपिएलको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिम रोएल्सकै दीपेन्द्रसिंह ऐरी घोषित भए । उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरे ।

सर्वोत्कृष्ट बलर

एनपीएलको सर्वोत्कृष्ट बलर जनकपुर बोल्ट्सका ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

इमर्जिङ प्लेयर

एनर्पिलको इमर्जिङ प्लेयर कर्णाली याक्सका बिपिन प्रसाद शर्मा घोषित भए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।

इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट

एनपिएलको इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

अत्याधिक चौका अवार्ड

एनपिएलको अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् ।

फेयर प्ले अवार्ड

एनपिएलको फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले हात पारेको छ ।

सम्बन्धित खवर