माङसेबुङ । गत मंसिरमा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा सम्पन्न भएको ‘आत्मानन्द गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ ।
बुधबार माङसेबुङ स्थित सरस्वती माबिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७१औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा मंसिर ९ देखि १८ गतेसम्म १७औं संस्करणको आत्मानन्द गोल्ड कप प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा आत्मानन्द कप सम्पन्न गर्न स्वदेश–विदेशबाट २० लाख ५५ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग कबोल भएको आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
अध्यक्ष आङबुहाङका अनुसार कबोलित रकम मध्ये आजको मितिसम्म पन्ध्र लाख अठासी हजार ९ सय ३४ रुपैयाँ प्राप्त भएको बताए । यसैगरी उठ्न बाँकी ४ लाख ६६ हजार १ सय ७१ रहेको समेत उनले जानकारी जानकारी दिए । सो कवोलित रकम केहिदिनमै प्राप्त हुने बुरा समेत आङबुहाङले बताए ।
यस्तै आत्मानन्द गोल्ड कप सम्पन्न गर्न २० लाख १३ हजार ७ सय २ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए । उनले कवोलित रकम सबै प्राप्त भएको खण्डमा ४१ हजार ४ सय ३ रुपैयाँ मौजदात रहने बताए ।
अध्यक्ष आङबुहाङले बिभिन्न तवरले सहयोग गर्नुहुने सहयोगी मनहरुलाई हार्दिक आभार समेत प्रकट गरेका थिए ।
आय विवरण
जिन्सी विवरण
व्यय विवरण