फोनिज प्रदेश १ को प्रादेशिक महाधिवेशन फिदिममा माघ ५, ६ र ७ मा हुने - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फोनिज प्रदेश १ को प्रादेशिक महाधिवेशन फिदिममा माघ ५, ६ र ७ मा हुने

पाँचथर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश १ को प्रादेशिक महाधिवेशन आगामी माघ ५, ६ र ७ गते पाँचथरको फिदिममा हुने भएको छ ।

मंगलबार पाँचथरको फिदिममा फोनिज १ नं. प्रदेशका अध्यक्ष सन्तवीर लामाले प्रादेशिक महाधिवेशनको सचिवालय कार्यलयको उद्घाटन गर्दै प्रादेशिक महाधिवेशन आगामी माघ ५, ६ र ७ गते पाँचथरको फिदिममा हुने बताए ।

प्रादेशिक महाधिवेशनको व्यवस्थापनको जिम्मा फोनिज शाखा पाँचथरले लिएको प्रदेश अध्यक्ष लामाले बताए ।

कार्यलय उद्घादन कार्यक्रममा केन्द्रीय सदस्य सुजता लिम्बू, विजय बोध लावती, राजेन्द्र दुष्ट, पाँचथर अध्यक्ष रामचन्द्र तामाङसहित प्रदेश र जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

महाधिवेशन उद्घाटन समारोहका लागि प्रमुख अतिथि पूर्व संघीय मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा र फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईको बिशेष आतिथ्यमा सम्पन्न हुने प्रदेश १ का सचिव विनोद कुमार सुब्बा (सन्देश) ले जानकारी दिए ।

महाधिवेशनका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक नृत्य प्रदर्शन र पर्यटकीय क्षेत्रहरूको भ्रमण आयोजना गरिने जिल्ला अध्यक्ष तामाङले जानकारी दिए ।

महाधिवेशनको बन्द सत्रमा निर्वाचन मण्डलसमेत गठन गरिएको छ । निर्वाचन मण्डलको संयोजकमा दिपिन राई तथा सदस्यहरूमा अधिवक्ता सन्त कुमार राई र निभिका सुब्बा रहने निर्णय गरिएको छ । महाधिवेशनले प्रदेश १ का लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

त्यस्तै, फोनिजको पाँचथर जिल्ला अधिवेशन पुस २९ गते फिदिममा आयोजना गरिने जिल्ला अध्यक्ष तामाङले जानकारी दिएका छन् ।

सम्बन्धित खवर