आइसिसी यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको विदाइ - Mangsebung News
  • सोमबार, बैशाख ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइसिसी यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको विदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले माघ ५ देखि २० सम्म मलेसियामा हुने आइसिसी यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीलाई विदाइ गरेको छ ।

क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै टोलीको विदाइ गरेको हो । प्रतियोगिताका लागि नेपाली टोली शनिबार मलेसिया जाने छ ।
१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछन् ।

यसैगरी नेपालले पुस २९ गते वेस्ट इन्डिज र माघ २ गते अमेरिकासँग वार्मअप म्याच खेल्ने तालिका रहेको छ ।

नेपालले पूजा महतोको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरिसकेको छ ।

नेपाली टोली

पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत

सम्बन्धित खवर