तेस्रो पल्ट सरस्वती माविले जित्यो राष्ट्रपति सिल्ड - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तेस्रो पल्ट सरस्वती माविले जित्यो राष्ट्रपति सिल्ड

माङसेबुङ । माङसेबुङव्यापी १५औं राष्ट्रपति रनिङ सिल्ड सरस्वती माध्यमिक विद्यालयलले तेस्रो पल्ट जितेको छ । माङसेबुङ ४ सिङफेरेमा पुस २४ देखि २६ सम्म संचालन गरिएको प्रतियोगितामा सरस्वतीले ११ स्वर्ण ७ रजत र ५ कास्य जित्दै प्रथम बनेको हो ।

सरस्सतीका प्रधान अध्यापक हरी आङदेम्बेले विद्यालयले ११ स्वर्णका सथा माङसेबुङ गाउँपालिका स्तरीय सिल्ड जितेकोमा खेल शिक्षक र विद्यार्थीलाई फेसबुक स्टेटसमार्फत धन्यवाद दिएका छन् ।

सरस्वतीले छात्रा भलिबल, छात्र भलिबल र कबड्डीमा स्वर्ण जितेको थियो । यसैगरी एथलेटिक्स छात्रतर्फ २ सय मिटर, नाम्बिन सम्बाहाङफे, ४ सय मिटर, गगन सेलिङ र ८ सय मिटर दौडमा आकास पक्सावाले स्वर्ण जितेका थिए । यसैगरी छात्रातर्फ एकल प्रतियोगितामा पुस्पा सेर्माले ३ हजार मिटर दौडमा विद्यालयलाई स्वर्ण दिलाएकी थिइन् । रिले दौडतर्फ छात्र र छात्रा दुवैको एक सय र ४ सय मिटरमा स्वर्ण हात पारेका छन् ।

छात्र एक सय मिटर रिलेमा नाम्बिन सम्बाहाङफे, आकास पक्सावा, खाम्बोकहाङ तुम्सा र छत्र लाओती रहेका थिए । यसैगरी ४ सय मिटर रिलेमा आकास पाक्सावा, गगन सेलिङ, मोनाहाङ सेर्मा र खाम्बेकहाङ तुम्साले उत्कृष्ट दौड प्रदर्शन गर्दै विद्यालयलाई स्वर्ण पदक दिलाएका थिए । छात्रा तर्फको एक सय मिटर रिलेमा कमला फाबेन, सोनीय योङहाङ, पुष्पा राई र ममता राईले विद्यालयलाई स्वर्ण दिलाएका छन् । ४ सय मिटर रिलेमा इस्ना राई, कमला फाबेन, पुस्पा राई र सोनीया योङहाङ सहभागी थिए ।

छात्रतर्फको ज्याबलिङ थ्रो, सटपुट, हाइजम्प, त्रिपलजम्प एक सय मिटर दौडमा सरस्वतीले रजत पदकमै चित्त बुझाउनु परेको थियो । यसैगरी छात्रातर्फ १५ सय मिटर दौडमा दोस्रो बनेको थियो । ज्याब्लिङ र सटपुटमा युवाहाङ फाबेन, हाइजम्प र त्रिपलजम्पा नाम्बिन दोस्रो स्थानमा समेटिएका थिए । यसैगरी एक सय मिटर दौडमा गगन र १५ सय मिटरमा पुस्पाले दोस्रोमा सीमित रहे ।

छात्रा कबड्डी, लङजम्प र त्रिपल जम्पमा सोनीया योङहाङ, २ सय मिटर दौडमा इस्ना राई र छात्रतर्फ राजन राईले कास्य पदकका चित्त बुझाउनु परेको थियो । यसैगरी विद्या सिर्जना मावि ७ स्वर्णसहित दोस्रो र महेन्द्रोदय मावि तेस्रो स्थानमा समेटिएको थियो । खेलकुद आयोजनाको जिम्मा विद्या सिर्जना मावि मार्चिबुङले प्राप्त गरेको थियो ।

गाउँपालिकामा स्वर्ण पदक विजेता खेलाडीहरु अर्को महिना माइ नगर पालिकामा आयोजना हुने जिल्लाव्यापी राष्ट्रपति खेलकुदमा सहभागी हुनेछन् । माङसेबुङ गाउँपालिकाले आयोजना गरेको चार राष्ट्रपति सिल्ड मध्ये सरस्वतीले तीन र महेन्द्रय मावि गजुरमुखीले एक पल्ट प्रथम स्थान हाँसिल गरेको छ ।

सम्बन्धित खवर