स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई - Mangsebung News
  • शनिबार, फागुन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

माङसेबुङ । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले चुमेको छ ।

आइतबार साउदी अरबको जेद्दाहमा सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा रियल मड्रिडलाई ५–२ ले पराजित गर्दै सानदार जितका साथ बार्सिलोनाले उपाधि चुमेको हो ।

यसअघि अक्टोबरमा भएको घरेलु लिगमा पनि रियल बार्सिलोनासँग ४–० ले पराजित लज्जास्पद हार बेहोरेको थियो ।

बार्सिलोनाको सानदार जितमा राफिन्हाले दुई तथा लामिन यमल, रोबर्ट लेवान्डोव्स्की र एलेजान्ड्रो बाल्डेले समान एक गोल गरे । रियलका लागि किलियन एमबाप्पेले र रोड्रिगोले समान एक गोल फर्काए ।

पाँच लगातार जितपछि रियलले पहिलोपल्ट हार बेहोरेको हो । बार्सिलोनाको भने सन् २०२५ मा यो लगातार तेस्रो जित हो । गत वर्षको अन्त्यमा बार्सिलोनाले लगातार दुई खेल गुमाएको थियो ।

सम्बन्धित खवर