माङसेबुङ । नेपाल प्रथम खो खो विश्वकपको पुरुष र महिला दुबैतर्फ उपविजेता बनेको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति सम्पन्न फाइनलमा नेपालको पुरुष टोली र महिला टोली आयोजक भारतसँग पराजित भएको हो ।
पुरुष टोली ५४–३६ अन्तरले र महिला टोली ७८–४० अन्तरले पराजित हुदै दुवै टोली उपविजेतामा सिमित बनेको हो ।
पुरुषतर्फको सेमिफाइनलमा नेपालले इरानमाथि ७२–२० को सहज जित निकालेको थियो । महिलातर्फको सेमीफाइनलमा युगान्डालाई ८९–१८ ले हराएर नेपालले फाइनल तय गरेको थियो ।
भारतसँगको खेलमा नेपालले आफ्नो अवसर गुमायो र विश्वकप जितेर इतिहास बनाउन चुक्यो ।